१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

कक्षा १२ को परीक्षा वैशाख २१ देखि, तालिका बुधबार सार्वजनिक गरिने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरेको छ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि पधाधिकारीसँग छलफल गरि बोर्डले यस्तो निर्णय लिएको हो।

नयाँ परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ। 

प्रधानमन्त्री ओलीले जटिल परिस्थितिका कारण परीक्षा केही समय पछि सार्न निर्देशन दिएपछि बोर्डले वैशाख ११ गतेदेखि तय भएको परीक्षा स्थगित गरेको हो।

प्रकाशित: ९ वैशाख २०८२ २०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App