९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पलाँता ट्र्याक्टर दुर्घटना: मृतक चारै जनाको कर्णालीमा सामूहिक दाहसंस्कार

कालीकोटको पलाँता गाउँपालिका–२ लार्फमा आइतबार राति ट्र्याक्टर दुर्घटनामा ज्यान गुमाएका चारै जनाको मंगलबार कर्णाली नदीमा सामूहिक दाहसंस्कार गरिएको छ।

मृतकहरूमा मुगुका चालक चन्द्र प्रकाश रोकाया र पलाँता गाउँपालिकाका तीन स्थानीयवासी रहेका छन्।

सोमबार साँझ राडुनेटा स्वास्थ्य चौकीमा पोष्टमार्टम सम्पन्नपछि मंगलबार परम्पराअनुसार कर्णाली नदीमै दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष विष्णु रोकायाले जानकारी दिए।

‘सोमबार बेलुकी सबै मृतकका आफन्त बोलाएर शव बुझाएर ठिक्क भयो, मंगलबार बिहानै कर्णालीमै दाहसंस्कार गरियो,’ अध्यक्ष रोकायाले भने।

आइतबार राति पलाँता–९ थिर्पुबाट खिनको छलाहा जाँदै गरेको खुद्रा सामान र खाद्यान्न बोकेको ट्र्याक्टर लार्फ भन्ने स्थानमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा २५ वर्षीय चालक चन्द्र प्रकाश रोकाया (मुगु, खत्याड–५), २६ वर्षीय अम्बा शाही (पलाँता–५), २१ वर्षीय सदु बुढा (पलाँता–४), र २१ वर्षीय रविन्द्र विक (पलाँता–४) को घटनास्थलमै मृत्यु भएको थियो।

मृतकका आफन्तले पोष्टमार्टम गाउँमै हुनुपर्ने माग राखेपछि सोमबार बेलुकी मात्रै परीक्षण सकिएको थियो।

प्रकाशित: ९ वैशाख २०८२ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App