coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

झापा क्षेत्र नं ३ बाट राजेन्द्र लिङ्देनले गराए मनोनयन दर्ता

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ बाट आज उम्मेदवार मनोनयन पत्र दर्ता गराएका छन्।  

उनले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहेका छन्।  

नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपाले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लिङ्देन र प्रदेशसभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन्।  

प्रकाशित: २३ आश्विन २०७९ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App