७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन् नहोसः राष्ट्रपति

चितवन–राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार स्वयम्ले बनाएको आचार संहिता पालनमा गम्भीर हुन सञ्चारकर्मीलाई आग्रह गरेकी छिन्।

मंगलबारबाट चितवनको रत्ननगरमा सुरु भएको नेपाल पत्रकार महासंघको केन्द्रीय साधरणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, 'आचारसंहिताको पालना नहुँदा प्रेसकै मर्यादा कुण्ठित हुन्छ भन्ने ख्याल राख्नै पर्छ।'

राष्ट्रपति भण्डारीले व्यक्तिगत स्वतन्त्रता र गोपनीयताको हक हनन् नहोस भनेर पत्रकार सजग हुनु पर्ने बताइन्। 'संगठित र बलियो प्रेश जगतले एउटा निरिह व्यक्तिको स्वतन्त्रताको सवैभन्दा बढी संरक्षण गर्नुपर्छ', राष्ट्रपति भण्डारीको भनाइ थियो। निर्वाध प्रेश स्वतन्त्रताको उपयोग गैर जिम्मेवार र उत्तरदायी विहीन क्रियाकलापबाट हुन नसक्ने उनले बताइन् ।

'निर्वाध प्रेस स्वतन्त्रतामा कँही कतैबाट अंकुश लगाउन कसैले कल्पना गर्न पनि सक्दैन। तर स्वतन्त्र प्रेसले पनि आफ्नो पेशागत र व्यवसायिक धर्म निभाउँदा जिम्मेवार बन्नै पर्छ', राष्ट्रपति भण्डारीको आग्रह थियो। उच्च स्तरको दायित्व बोधबाट मात्रै उच्चतम स्वतन्त्रताको प्रत्याभूति हुने राष्ट्रपति भण्डारीले स्मरण गराइन्। सञ्चारमाध्यमले देशको सर्वोपरी हित, राष्ट्रिय एकताको पहरेदार गर्नु पर्ने उनको भनाइ थियो।

श्रमजीवी पत्रकारहरुको पारिश्रमिक र सुविधा प्रति सरकार र सञ्चार गृह सकारात्मक बन्न उनले आग्रह गरिन्। साथै सञ्चारकर्मीले पनि देशको अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्नु पर्ने विषयमा गम्भिर हुनै पर्ने उनले बताइन्। धार्मिक स्वतन्त्रता, साँस्कृतिक, र जातीय सद्भावको संरक्षणलाई सञ्चारकर्मीहरुले प्रथामिकतामा राख्नु पर्ने उनको आग्रह थियो।

प्रकाशित: २१ वैशाख २०७३ ०५:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App