१ वैशाख २०८२ सोमबार
image/svg+xml ३:५२ पूर्वाह्न
राजनीति

भारतलाई ज्ञवालीको सन्देश- नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो रोज्ने छैन

नेकपा (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो नरोज्ने प्रष्ट पारेका छन्।

सोमबार (आज) काठमाडौंमा आयोजित 'नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान' विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

'गणतन्त्रको विकल्प अझ परिस्कृत गणतन्त्र हो तर, यहाँभित्र रहेका कमजोरीहरूलाई उपयोग गर्दै अरु कसैले अर्कोतिर बहकाउन खोज्छ भने त्यो सम्भव हुँदैन। म हाम्रा प्रिय भारतीय मित्रहरूलाई पनि नेपालले डेमोक्रेसी बाहेक अर्को कुनै बाटो रोज्ने छैन, कसैले त्यो दिशातिर धकेल्न खोज्यो भने पनि त्यो किमार्थ सफल हुने छैन भन्ने कुरालाई बुझिदिनका लागि अनुरोध गर्दछु,' उनले भने।

उनले डेमोक्रेसीमा डेमोक्रेसीकै पनि विरोध गर्न पाइने तर, त्यसलाई उल्ट्याउन खोज्नु सकारात्मक कुरा नहुने बताए। नेपालले डेमोक्रेसीका ३५ मध्ये २० वर्ष कन्फ्लिकट-पोस्टकन्फ्लिक्टकै तहमा बिताएको उल्लेख गर्दै उनले भने, 'आज नेपाल जहाँ छ, गर्व गर्ने ठाउँमा छ। जनताका असन्तष्टिहरू भड्काउने काम भएको छ। जुन ढङ्गले प्रजातन्त्रभन्दा बाहिर नेपालको भविष्य छ भनेर धमिला पानीमा माछा मार्ने प्रयत्न भएका छन्, ती बिलकुल गलत छन्।'

उनले समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औँल्याए।

ज्ञवालीले बोलेको मञ्चमा भारतीय नेताहरू पनि उपस्थित थिए।

प्रकाशित: २५ चैत्र २०८१ १५:३१ सोमबार

खुशी 40 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 40 %
क्रोधित 20 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App