३ वैशाख २०८२ बुधबार
image/svg+xml ६:११ पूर्वाह्न
राजनीति

प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने आन्दोलनरत शिक्षकहरुको अडान, शिक्षक प्रतिनिधि कुर्दै सिंह

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता अनिश्चित बनेको छ । शिक्षकहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा नजाने अडान लिएपछि वार्ता नै अनिश्चित बनेको हो । 

कार्यवाहक प्रधानमन्त्री सिंहले अहिले तीन बजेका लागि वार्तामा बोलाएका थिए । तर शिक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मात्र वार्ता गर्ने अडान लिएका छन् । प्रधानमन्त्री ओली भने विमष्टेक सम्मेलनमा भाग लिन अहिले थाइल्यान्डमा छन् ।  

आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता गर्नुको औचित्य नहुने बताउँदै प्रधानमन्त्री स्वदेश नफर्केसम्म आन्दोलन जारी राख्ने बताए ।  

वार्ताका लागि कार्यवाहक प्रधानमन्त्री सिंह भने मन्त्रालयमै रहेका छन् । तीन बजेका लागि वार्तामा बोलाएकाले शिक्षक प्रतिनिधिहरुलाई कुरेर मन्त्री सिंहदरबारमै रहेको मन्त्रालय स्रोतको भनाइ छ।  

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् ।

प्रकाशित: २२ चैत्र २०८१ १५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App