१ वैशाख २०८२ सोमबार
image/svg+xml २:५५ पूर्वाह्न
राजनीति

'दलहरूले आ-आफ्नो समाजवाद लागू गर्न खोजिरहेका छन्, यो सम्भव छ ?'

पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले दल तथा नेताहरूले सङ्कटको समाधान सुझाउन नसकेको टिप्पणी गरेका छन्।

बुधबार (आज) काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आयोजना गरेको 'नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनितिको औचित्य र आधार' विषयक अन्तर्संवाद कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन्।

'सङ्कट छ तर, त्यसको समाधान दिन सकेनौँ। सङ्कट छ चाहिँ सबैले भनेका छौँ। तर, त्यसको समाधानचाहिँ के त ? यसबारे सुझाउन सकेनौँ,' उनले भने, 'अनि जनता किन सडकमा आउँदैनन् त।'

फरक प्रसङ्गमा शर्माले नेपाली दल तथा नेताहरूले मौलिकतातिर जानै नखोजेको बताए। 'समाजवादकै कुरा गरौँ न, हामी सबै दल तथा नेताले समाजवाद समाजवाद भन्छौँ। तर, आ-आफ्नै समाजवाद। यो सम्भव छ त ? कांग्रेस, एमाले, माओवादीसहित अरु सबैले समाजवाद भन्छन्। तर, कस्तो समाजवाद हो ? त्यसमा चाहिँ किन छलफल नगर्ने ? खै त धारणा ? आ-आफ्नो समाजवाद लागू गर्न सम्भव छ ?'

उनले थपे, 'हामी परम्परागत र आयातित कुरामा भुलिरहेका छौँ। हामीले नेपाली हावा, पानी र माटो सुहाउँदो समाजवादको कुरा गर्नुपर्‍यो। अर्कोतिर हामी शान्तिपूर्ण संसदीय बाटोबाटै समाजवाद भनेका छौँ।'

प्रकाशित: २८ फाल्गुन २०८१ १४:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App