१ वैशाख २०८२ सोमबार
image/svg+xml १६:४४ अपराह्न
राजनीति

जसपा नेपालको पदाधिकारी र कार्यकारिणी समिति विस्तार

प्रमुख तीन राजमार्गमा जागरण अभियान चलाउने

जनता समाजवादी पार्टी (जसपा० नेपालले राजमार्ग केन्द्रित  ‘जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ । तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकले वैशाखपछि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र हिमाली राजमार्ग केन्द्रित अभियान चलाउने निर्णय भएको जसपा नेपालका प्रवक्ता मनीष सुमनले जानकारी दिए । 

जसपा नेपालले अहिले जिल्ला, पालिका र गाउँमा ‘जनतासँग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान’ सञ्चालन गरिरहेको छ । सो सकिएपछि जागरण अभियान चलाउने प्रवक्ता सुमनको भनाइ छ ।

अभियानको समय तालिका पछि तय गर्ने जानकारी दिँदै उनले संगठन निर्माण केन्द्रित अभियान सकिएलगत्तै जनजागरण अभियानको तयारी गर्ने बताए ।

यसैबीच, जसपा नेपालले पदाधिकारी र कार्यकारिणी समितिमा सदस्य थप गरेको छ । बैठकले ११ जना कार्यकारिणी सदस्य, दुई उपाध्यक्ष र एक महासचिव थप्ने निर्णय गरेको प्रवक्ता सुमनले जानकारी दिए । 

थप भएसँगै ३१ सदस्यीय कार्यकारिणी समिति ४५ र तीन जना थप गरेर पदाधिकारी १५ सदस्यीय बनेको छ । 

प्रकाशित: २१ फाल्गुन २०८१ १७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App