१ वैशाख २०८२ सोमबार
image/svg+xml २:५५ पूर्वाह्न
राजनीति

बिहीबारको संसद् बैठकमा अध्यादेश अस्वीकार गर्नेहरुको तर्फबाट सामुहिक प्रस्ताव पेश हुने

प्रतिनिधि सभाको बिहीबारको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ ।

अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रश्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए।

सभामुखसँगको छलफलपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा अन्य समर्थकहरुलाई बोल्नका लागि तीन÷तीन मिनेटको समय छुट्याइएको बताए।

उनले भने, ‘भोलिको संसदको बैठकमा पेश गर्ने कार्यसूचिका बारेमा छलफल भयो । सर्वसम्मतिले ति विषयह तय भएको छ । अध्यादेश प्रश्तुत गर्नेकुरा, अध्यादेश अस्वीकार गर्ने सांसदहरुको सामुहिक रुपमा परेको प्रश्तावमा एक जनाले प्रश्तुत गर्ने, ५ मिनेट उहाँले बोल्ने र तीन÷तीन मिनेट मान्यज्युहरुले राख्ने, भोटिङ सामुहिक रुपमा जुनजुन प्रश्तुतकर्ता सांसदज्युहरु हुनुहुन्छ, सामुहिक भोटिङ हुन्छ ।’

संसदको बैठमा सम्बन्धित मन्त्रीहरुले विधेयकको सम्बन्धमा जवाफ दिने पनि बताए।

प्रकाशित: २३ माघ २०८१ १८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App