२६ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन : रबि लामिछाने

सहकारीको रकम अपचलनमा प्रहरीको नियन्त्रणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले आफ्नो आत्मबल अझै कायम रहेको बताएका छन्।

रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले प्रहरी हिरासतमै रहेपनि जोशजाँगरमा भने कमी नआएको बताएका हुन्। प्रहरीको घेराबीच उनले सञ्चारकर्मीतर्फ फर्केर भने, 'खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन।

लामिछानेलाई पोखराबाट सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि मंगलबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको थियो ।

करिब चार घण्टा उनीसँग बयान लिइएको हो।बयानपछि उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने भएको छ। जहाजमार्फत् उनलाई दिउँसो पोखराबाट बुटवल लगिएपनि साँझ परेकाले रुपन्देही प्रहरीकै हिरासत राखिने भएको सुरक्षा अधिकारीले बताएका छन्।

गत कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पटकपटक म्याद थप गराउँदै कास्की प्रहरीले सहकारीको रकम अपचलनमा अनुसन्धान गरिरहेको छ।सोही प्रकरणमा उनलाई मंगलबार रुपन्देही लगिएको हो।

प्रकाशित: २७ कार्तिक २०८१ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App