२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

विमान दुर्घटना स्थल पुगेर ओलीले भने: यो दुःखद् घडीमा धैर्य रहनुस्

प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटना स्थल पुगेका छन्।

बुधबार दिउँसो प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनास्थलको अवलोकन गरेका हुन्। 

विमान दुर्घटनास्थलको अवलोकनपछि ओलीले यो घटनाले आफूलाई दु:खी तुल्याएको र सबैलाई धैर्य गर्न पनि आग्रह गरेका छन्। 

उनले भनेका छन्, 'नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ। यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु।'

प्रकाशित: ९ श्रावण २०८१ १३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App