१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री हुँदै

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने भएको छ।

बिहीबार बिहान बसेको  जसपाको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो। 

जसपाका कार्यकारिणी समितिका सदस्य इस्तियाक राईले बिहीबार बिहान बसेको बैठकले पार्टी अध्यक्षको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको बताए।  ‘अध्यक्ष ज्यु उपप्रधान तथा स्वास्थयमन्त्री हुनु हुदैछ। अरु मन्त्रीको नामा टुंगो लागेको छैन’ उनले भने।

पार्टी स्रोतका अनुसार सरकारमा जान नवल किशोर साह सुडी, प्रदीप यादव लगायतका नेताहरूले लबिङ गरिरहेका छन्। जसपाले स्वास्थ्य बाहेक वन मन्त्रालय पाउने भएको छ।

जसपा  स्रोतका अनुसार मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपालाई निरन्तरता दिने सहमति सत्तारुढ दलहरूबिच भएको छ। उक्त सहमति पछि पार्टी सरकारमा जान लागेको जसपाका एक नेताले बताए। जसपाले संघीय सरकारमा सहभागी हुन मधेस प्रदेशको मुख्य मन्त्रीलाई आफ्नो बटम लाइन बनाएको छ। अहिले मधेस प्रदेशको मुख्य मन्त्री जसपाले पाएको छ। बाँकी अवधिभर मुख्यमन्त्री  पदको सुरक्षाको ग्यारिण्टी जसपाले खोजेको छ।

यसैगरी अर्को तराई मधेस केन्द्रित दल लोसपा तत्काल सरकारमा सहभागी नहुने भएको छ। लोसपाका नेता डा। सुरेन्द्र झाले पार्टी तत्काल सरकारमा सहभागी नहुने प्रष्ट पारेका छन्। लोसपाले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। 

प्रकाशित: २४ फाल्गुन २०८० १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App