पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुन: पक्राउ परेका छन्।
उनी शुक्रबार (आज) साँझ काठमाडौंको हात्तीगौंडास्थित निवासबाटै पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
उनलाई पक्राउ गरिए पनि आज रुपन्देही नलगिने बताइएको छ। उनलाई आज राति जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने बताइएको छ। उनलाई शनिबार रुपन्देही लगिने बताइएको छ।
जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका उनलाई आज थुना पठाउने आदेश भएको छ।
प्रकाशित: २२ चैत्र २०८१ २१:३७ शुक्रबार