१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

चितवन आएर लामिछानेले भने: ‘बचत कर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारीका बचत कर्ताहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरुसंगको भेटमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको बताएका हुन्।

‘बचत कर्ताको सुरक्षा राजनीतिक दलका रूपमा जनप्रतिनिधिका रूपमा र जिम्मेवार व्यक्तिमा रूपमा मेरो प्राथमिकता हो’, चितवन क्षेत्र नम्बर दुई बाट निर्वाचित सांसद समेत रहेका लामिछानेले भने ‘कसरी सहकारीमा पैसा डुबेका मान्छेको सुरक्षा गर्न सकिन्छ भन्नेमा चिन्तित छु।’

रास्वपाले सहकारीमा रहेको समस्याको समाधान सहितको प्रतिवेदन समेत तयार पारेको उनले बताए। सहकारीको मुद्दा बाहिर नआउँदै जलेश्वर बैठकले नै सो प्रतिवेदन तयार पारेको उनको दाबी थियो। पूर्व गृहमन्त्री समेत रहेको लामिछानेले सहकारीको समस्या राजनीतिक रूपमा समाधान गर्नुपर्ने बताए। ‘सरकारबाट अनुमति लिएका सहकारीहरूमा बचत गरिसकेपछि बचतकर्ताको रकम फिर्ता गर्नु सरकारको दायित्व हो,’ उनले भने ‘यसको समाधान राजनीतिक रूपमा गर्नुपर्दछ।’

सहकारी सञ्चालकसँग मिलेर रकम हिनामिना गरेको आरोप लामिछानेलाई समेत लागेको छ । यस आरोपले आफूलाई फरक नपर्ने उनले बताए। ‘बचत कर्ताको सुरक्षा मेरा लागि चिन्ताको विषय हो।’ उनले भने ‘उजुरी, आरोप सबै भनेको त्यति महत्पूर्ण होइन।’

उनले आफूले नैतिक, राजनीतिक तथा कानुनी रूपमा कहीँ कतै गलत नगरेको स्पष्ट पारे। यसअघि लामिछाने सहभागी रहेको ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारी बचतकर्ताको लगानी रहेको थियो। त्यतिखेर लामिछाने टिभीका प्रबन्धक निर्देशक थिए। सहकारी सञ्चालक समितिका अध्यक्ष जिबि राई फरार छन्। कस्को संरक्षणमा जिबि राईलाई समात्न किन सकिएन? भन्ने पत्रकारको प्रश्नमा लामिछानले राज्यका कारण समात्न नसकेको उत्तर दिए। ‘समात्न सरकार लाग्नुप¥यो हामी सघाउन तयार छौँ। जो सँग शक्ति छ उसको संरक्षणका कारण नसमातिएको हुन सक्छ उनले भने।’ उनले आफू डेढ वर्ष अघिदेखि सो संस्थामा नभएको स्पष्ट पारे। लामिछानेले चितवनका सहकारी पीडितसँग समेत भेट गरेका छन्। 

प्रकाशित: ५ माघ २०८० १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App