९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

देउवालाई ओलीको प्रश्नः लिम्पियाधुरा लिपुलेकको विषयमा बोल्न सक्नुहुन्छ ?

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस, माओवादी  लिम्पियाधुरा र लिपुलेकको बिषयमा मौन बसेको आरोप लगाएका छन्।

नेकपा एमाले चितवनले कालिका नगरपालिकामा आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शासन सत्ता टिकाइराख्न काँग्रेस र माओवादी नेपालको नक्साका विषयमा बोल्न नचाएको बताए। 

‘म सोध्न चाहन्छु अहिले पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जी तपाई आफैले समेत पास गरेको नक्सा बारेमा के के भन्नुहुन्छ। बोली फुड्छ तपाईँको बोल्न सक्नुहुन्छ? लिम्पियाधुरा लिपुलेक कालापानी नेपालको हो भनेर?’ उनले देउवालाई प्रश्न गर्दै भने त ल भोलि बोल्नुहोस् कुनै समयमा बोल्नुहोस्। पर्सि १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै हुनुहुन्छ त्यहाँ लिम्पियाधुरा कालापानी हाम्रो हो भनेर बोल्नुहुन्छ?’

उनले कार्यकर्तालाई सम्बोधनका क्रममा पटक पटक नेकपा एमाले राष्ट्रिय स्वाभिमानलाई कायम राख्ने दाबी गरे। राणा शासनपछिका आएका राजा र देश भक्ति नभएका पाटीहरूले शासनमा टिकिरहने उद्देश्यका कारण लिम्पियाधुरा र कालापानी हडपेको बताए। ‘उत्तर तिर बाटो खोल्न एमालेको सरकार चाहियो ६० वर्षदेखि हाम्रो भू–भाग भारतले कब्जा गरेर राखेको थियो। कोही किन बोलेनन्। राजा महाराजा किन बोलेनन् अरु किन बोलेनन्’, प्रश्न गर्दै ओलीले भने ‘राणा शासनभन्दा पछि राजा र देश भक्ति नभएका पोल्टिकल पाटीहरूको शासनकालमा विदेशी रिझाएर शासन प्राप्त गर्ने र शासनमा टिकिरहनेमात्र उद्देश्यमा पुग्दा ६० बर्ष अगाडि लिम्पियाधुरा र कालापानी हाम्रो जमिन हडपेको थियो।’

उनले नेकपा (एकीकृत माओवादी) जनतालाई देखाउनका लागि मात्रै नक्सा पास गर्न समर्थन गरेको बताए। उनले भारत भ्रमणमा जाँदा समेत नेपालको सिमानाका विषयलाई प्रधानमन्त्री प्रचण्डले नउठाएको उनले बताए। ‘प्रधानमन्त्री प्रचण्डजिलाई पनि भन्न चाहन्छु। नेपाली जनताका अगाडि टिक्न नसकेर तपाईँले पनि हुन्छ भन्नुभएको थियो। समर्थन गर्नुभएको थियो,’ उनले भने  ‘भारतमा मुर्रा मात्र देख्नुभयो। नक्सा र भूमिको कुरा छैन। इपिजिको रिपोर्टको कुरा छैन।’ उनले प्रधानमन्त्रीले देशवासीलाई गरेको सम्बोधनलाई धामी झाँक्रीको मन्त्र संज्ञा दिए। ‘प्रधानमन्त्री नियुक्ति हुँदा गरेको बाँचालाई यो यो पुरा गरे भन्न सक्नुपर्दथ्यो। आगामी योजना बनाउन सक्नु पर्दथ्यो,’ उनले भने ‘देशवासीलाई सम्बोधन धामीले मन्त्र जपेजस्तो छ बुझ्दै नसकिने।’

अध्यक्ष ओलीले यस सरकारले सुन तस्करलाई साथ दिँदै आएको आरोप समेत लगाए। आगामी चुनावमा माओवादी पार्टी सकिने उनको दाबी छ। 

प्रकाशित: १३ पुस २०८० १२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App