१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपा एसको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका अजेन्डा

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ। बैठक पार्टी कार्यालय तिनकुनेमा बिहान ११ः३० बजेका लागि बोलाइएको छ।

आजको बैठकमा दुई महिने सङ्गठन निर्माण अभियानबारे छलफल हुने बताइएको छ।

एकीकृत समाजवादीले माघको १४ र १५ गते विधान मस्यौदामाथि छलफल गर्ने गरी केन्द्रीय परिषद् बोलाउने तयारी समेत गरेको उपाध्यक्ष बेदुराम भुसालले बताए।  

आजको सचिवालय बैठकमा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल र केन्द्रीय परिषद् बैठकको प्रस्ताव तयार पार्ने बताइएको छ।

यस्तै, आजको बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार तय गर्न मापदण्ड बनाउनेबारे पनि विषयमा पनि छलफल हुनेछ।

प्रकाशित: २ पुस २०८० ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App