१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रूपान्तरण अभियानले कांग्रेसलाई थप बलियो बनायो: नेता कोइराला

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन्।

कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उनले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताएका हुन्।

नेता डा. कोइरालाले कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन सके पार्टीभित्रको चुनौती कम हुँदै जाने उल्लेख गरे। उनले भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्यसमेत समाप्त हुने बताए।

“जता हेर्‍यो त्यतै भ्रष्टाचार भएको देखिन्छ, भ्रष्टाचारमा शून्य सहनशीलता नअपनाए कांग्रेसको औचित्य समाप्त हुन्छ”, उनले भने।

फौजदारी मुद्दा लागेका व्यक्तिलाई राजनीतिक मुद्दा भनेर छुट दिन लागिएको उनको भनाइ थियो। नेता डा. कोइरालाले केन्द्रीय कार्यसमितिको बैठकपछि पार्टीलाई विधि र विधानसम्मत रूपमा चलाउने विश्वास व्यक्त गरे।

प्रकाशित: ९ श्रावण २०८० १६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App