१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

जसपा-लोसपा पुनर्मिलन उन्मुख

उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ। उपनिर्वाचनले जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार ल्याएको हो।

उपनिर्वाचनलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो जीवनकै प्रतिष्ठाको विषय बनाएका थिए। उनलाई जनमत पार्टीका उम्मेदवारले निकै टक्कर दिएका थिए। अन्तिम समयसम्म पनि यादव जित्ने निश्चत थिएन। यस्तो संकटपूर्ण अवस्थामा लोसपाले यादवको काँध थापेको थियो। यादवलाई जिताउन लोसपाले कार्यकारिणी समिति सदस्य जितेन्द्र सोनाललाई कमान्डर नियुक्त गर्‍यो। सोनालको गृह जिल्ला पनि बारा भएकाले यसबाट यादवलाई सहयोग पुग्ने निश्चित थियो। यादवलाई जिताउन लोसपाका शीर्ष नेताहरू बारा २ मै पुगेर भोट मागेका थिए।

उपनिर्वाचन सकिएलगत्तै जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच एकीकरणको चर्चा सुरु भएको छ।

उम्मेदवार मनोनयन गर्नुभन्दा केही दिनअघि लोसपा नेता राजेन्द्र महतोले बारा २ मा उम्मेदवारी दिने तयारी गरेका थिए। तर अन्तिम समयमा महतोले यादवलाई सहयोग गर्ने बताउँदै आफूले उम्मेदवारी नदिने घोषणा गरे।

यादवलाई विजयी गराउन लोसपाका नेताहरूले जनमत पार्टीसँगको सहकार्यलाई समेत त्यागेका थिए, जबकि केही महिनाअघि मात्र लोसपा र जनमत पार्टीका नेताहरूले दुई पार्टी बीच सहकार्य र मोर्चाबन्दी गर्ने लिखित सहमति गरेका थिए। यसकारण पनि जसपा र लोसपाबीचको सम्बन्धमा एकाएक सुधार आएको दुवै पार्टीका नेताहरूले बताएका छन्।

जसपा स्रोतका अनुसार दुई पार्टीबीचको सम्बन्धमा सुधार आएसँगै पार्टी एकीकरणको पनि चर्चा सुरु हुन थालेको छ। जसपाका प्रवक्ता मनीष सुमनले उपनिर्वाचनमा लोसपाले देखाएको हार्दिकतापछि दुई पार्टीबीचको एकीकरण प्रक्रियाको ढोका खुला भएको बताए।

उम्मेदवार मनोनयन गर्नुभन्दा केही दिनअघि लोसपा नेता राजेन्द्र महतोले बारा २ मा उम्मेदवारी दिने तयारी गरेका थिए।

‘तत्काल जसपा र लोसपाबीच सहकार्य र कार्यगत एकता हुन्छ,’ मनीष सुमनले भने, ‘तर अब एकीकरणको सम्भावना खुला भएको छ।’

मधेसका एजेन्डालाई सम्बोधन गराउन दबाब दिन जसपा र लोसपाबीच एकीकरण हुनुपर्ने उनको भनाइ छ। लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले अहिले जसपा र लोसपा बीच गठबन्धन या कार्यगत एकताको सम्भावना कायम रहेको बताए। जसपा स्रोतका अनुसार उपनिर्वाचनपछि दुई पार्टीका शीर्ष नेताहरूबीच विभिन्न माध्यमबाट अनौपचारिक संवाद सुरु भएको छ। यसले हार्दिकता बढाएको दुवै पार्टीका नेताहरूले जनाएका छन्।

डेढ वर्षअघि जसपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायत नेताहरूले लोसपा गठन गर्न २०७८ भदौ १ गते निर्वाचनमा आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका थिए। त्यसको नौ दिनपछि आयोगले लोसपलाई पार्टी दर्ताको मान्यता दिएको थियो। पार्टी विभाजनपछि जसपा र लोसपाबीचको सम्बन्ध पानी बाराबारको अवस्थामा थियो।

मधेसका एजेन्डालाई सम्बोधन गराउन दबाब दिन जसपा र लोसपाबीच एकीकरण हुनुपर्ने उनको भनाइ छ। लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले अहिले जसपा र लोसपाबीच गठबन्धन या कार्यगत एकताको सम्भावना कायम रहेको बताए।

यहाँसम्म कि दुई पार्टीका नेताहरू एउटै मञ्चमा बस्दैनथे। उनीहरूबीच बोलचालसमेत बन्द भएको थियो। तर गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले परिस्थिति फेरियो। ‘दुवै पार्टी अपेक्षा गरेभन्दा धेरै कम सिटमा विजयी भए। लोसपा ४ सिटमा र जसपा १२ सिटमा मात्र विजयी भयो। त्यसपछि जसपा र लोसपा बीचको इगो बिस्तारै हराउन थाल्यो,’ जसपाका एक केन्द्रीय सदस्यले भने। ती सदस्यका अनुसार चुनावअघि जसपा र लोसपाबीच एकीकरण भएको भए कम्तीमा २० सिट विजयी हुने निश्चित थियो।

पटकपटक फुट्दैजुट्दै यादव

जसपाका अध्यक्ष यादवको राजनीतिको जीवनमा एउटा अनौठो संयोग के छ भने उनका पालामा पार्टी एकीकरण र पार्टी विभाजनको विषय सामान्य नै हो। कुनै समयमा बाबुराम भट्टराई, विजय गच्छदार, शरतसिंह भण्डारी जस्ता नेताहरूले यादवको नेतृत्वलाई स्वीकार गर्दै पार्टी एकीकरण गरेका थिए। यसबीचमा उनले दर्जनौं पटक पार्टी एकीकरण गरे र दर्जनौंपटक उनको पार्टी विभाजित भयो।

कुनै समयमा बाबुराम भट्टराई, विजय गच्छदार, शरतसिंह भण्डारी जस्ता नेताहरूले यादवको नेतृत्वलाई स्वीकार गर्दै पार्टी एकीकरण गरेका थिए।

संयोग त कस्तो रह्यो भने पार्टी विभाजन भएको केही समयमै उनले अर्को नयाँ पार्टीसँग एकीकरण गर्ने गर्थे। ‘पार्टी विभाजनबाट हामी कहिले निराशा हुनुपरेन। विभाजनको चोट लाग्नेबित्तिकै अर्को पार्टीसँग एकीकरण भएको या एकीकरणको प्रक्रिया अघि बढेको समाचार सुन्ने गर्छौं,’ यादवसँग निकट एक नेताले भने। अहिले यादवसँग अशोक राई छन्।

२०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालीन मधेसी जनअधिकार फोरम अहिलेसम्म दर्जनौंपटक विभाजन भइसकेको छ र दर्जनौं पार्टी नयाँ पार्टीसँग एकीकरण भइसकेको छ। प्रत्येक एकीकरणमा नाम फेरिएको छ।  

प्रकाशित: १८ वैशाख २०८० ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App