२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।  

दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौंंबाट पोखरा गएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

अहिले दुर्घटनामा परेकाहरुको उद्धारकार्य भइरहेको छ।  

प्रकाशित: १ माघ २०७९ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App