१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ मा मुख्यमन्त्री र ३ जना मन्त्रीले लिए सपथ

तस्बिर: चुमन बस्नेत

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। सोमबार मुख्यमन्त्रीको शपथ ग्रहण लगतै उनले सत्ता साझेदार दलहरुबाट एक एकजना मन्त्री नियुक्त गरी शपथ गराएका हुन्।

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र शपथग्रहण समारोहमा सहभागी नभएपछि  नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातान्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरी शपथ गराएका छन्।

मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेपनि मन्त्रीहरुलाई कुनै जिम्मेवारी दिएका छैनन्। यसअघि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए। मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने भन्दै प्रमुख सत्ता साझोदार दल माओवादी केन्द्र भने सपथग्रहण समारोहमा उपस्थित भएन।  

प्रकाशित: २५ पुस २०७९ ०९:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App