३ वैशाख २०८२ बुधबार
image/svg+xml २१:४० अपराह्न
राजनीति

सरकारले शिक्षकहरुलाई साढे एक घण्टा कुर्‍यो

माग सम्बोधनका लागि सरकार लचिलो छः शिक्षा मन्त्री

सरकारले आन्दोलनरत शिक्षकहरुसँग वार्ताका लागि डेढ घण्टा पर्खेको बताएको छ ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले औपचारिक पत्र लेख्दै शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेपनि प्रधानमन्त्रीसँगमात्रै वार्ता गर्ने अडानसहित उनीहरु वार्तामा अनुपस्थित भएका थिए ।

करिब डेढ घण्टा सिंहदरबारमा कुरेपछि सञ्चारकर्मीसँग शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुको माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । शिक्षकहरुको माग शिक्षा मन्त्रालयमात्र नभइ सिंगो सरकार र संसदको साझा विषय भएको बताउँदै मन्त्री भट्टराईले माग सम्बोधनका लागि सिंगो सरकार प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, 'माग सम्बोधनका लागि सरकार लचिलो छ । मागहरुलाई दृढताको साथ पूरा गर्न प्रतिबद्ध छ । सिंगो सरकार प्रतिबद्ध छ । डेढ घण्टा पर्खेको तर नआएपछि बैठक स्थगित भएको छ ।'

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन् । उनीहरुले दैनिक माइतीघर नयाँ बानेश्वर क्षेत्रमा जुलुस निकाल्दै आएका छन् ।

प्रकाशित: २२ चैत्र २०८१ १७:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App