३ वैशाख २०८२ बुधबार
image/svg+xml १६:२५ अपराह्न
राजनीति

बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन्ः राप्रपा उपाध्यक्ष तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन्।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गरेका हुन्। अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको बताए।

गणतन्त्रवादी दलहरुले राजामा भुत देखेका कारण फोटो देखेपनि तर्सिने गरेको उनको भनाइ छ । उनले आफूहरु स्पष्ट रुपमा अभिभावकको रुपमा राजसंस्था राख्ने एजेण्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरे।

उनले भने, ‘राजामा किन भुत देख्नुहुन्छ तपाईंहरुले रु कसैले फोटो खिच्दैमा यस्तो भन्न मिल्दैन । म राजासंस्था हुनुपर्छ भन्ने मान्छे हो यसमा दुईमत नै छैन । मेरा छोराछोरिलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर मरेपछि जेसुकै गर भन्छु । त्यसकारण मैले बुझेको त्यो संस्थाबाट यो काम हुँदैन । यहाँ मान्छेहरुले भनेका छन् २०१७ पछिको राजसंस्था । त्यस्तो होइन हामी त राजसंस्थालाई अभिभावकको रुपमा राखौं भन्ने एजेण्डा बोकेर हिँडेको मान्छे हो नि । ०१७ सालको राजसंस्था कसैले सोच्छ भने त्यो बौलाहा हो ।’

प्रकाशित: २२ चैत्र २०८१ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App