काठमाडौँको खुलामञ्चमा राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यका भेला आयोजना गरेको छ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी तथा सांगठिनक अभियानलाई जारी राखेको छ।

पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम गरेको हो। यसै क्रममा पार्टीले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्लालाई समेटेर काठमाडौँको खुलामञ्चमा उपत्यका भेलाको आयोजना गरेको छ। कार्यक्रममा उपत्यकाभित्रका ३ वटै जिल्लाका समितिहरू गठन हुने पार्टीले जनाएको छ।

यस्तै आकांक्षी उम्मेदवारले आजको कार्यक्रमलाई सम्बोधन गर्नेछन्। कार्यक्रमस्थलबाट पार्टी सदस्यका लागि आवेदन दिने व्यवस्थासमेत गरिएको छ। यो पार्टीले केही समयदेखि देशका विभिन्न स्थानमा प्रदेश स्तरीय भेला गर्दै आइरहेकाे छ।












प्रकाशित: ११ भाद्र २०७९ ०९:४५ शनिबार





