coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

कौसीमै ताजा तरकारी

एलिसा घिमिरे

एलिसा घिमिरे  

कक्षा: ७, सैनिक आवासिय महाविद्यालय, सल्लाघारी, भक्तपुर  

घरको छत वा कौसीमा तरकारी, फलफूल र फूल रोप्नु नै कौसी खेती हो । रोजगारीका लागि मान्छे सहर र विदेश पसेकाले गाउँका खेतबारी बाँझै छन् । अहिले सहरमा खेतबारीको अभाव छ । उर्बरा भूमिमा मान्छेले घर ठड्याएका छन् । पार्क, सपिङ मल र सिनेमा हल बनाएका छन् । कौसी खेती गरियो भने आफ्नो ठाउँको सदुपयोग हुन्छ । ताजा तरकारी र फलफूल खान पाइन्छ ।  

कौसी खेतीमा समय दिँदा शारिरीक व्यायाम पनि हुन्छ । देशको अर्थतन्त्रमा परनिर्भरता कम गर्न समेत मद्दत पुग्छ । आज सूनदेखि भान्साको लसुनसम्म विदेशबाट ल्याएर उपभोग गर्नु परेको छ । महँगी पनि उसैगरि बढेको छ । विशेषगरि सहरी क्षेत्रमा जनसंख्या धेरै छ । घर हुनेहरूले  कौसीमा खेती गर्न थालेका छन् ।  

कौसीमा फलेका तरकारी र फलफूल हेर्दा आँखा रमाउँछन् । खाँदा स्वादिलो हुन्छ । स्वास्थ्य राम्रो बन्छ । र पैसाको पनि बचत हुन्छ । 

लकडाउन भन्दा पहिला मैले कौसी खेती देखे पनि त्यति महत्व बुझेको रहेनछु । लकडाउन बढेसँगै कौसीको बसाई र पैसाको अभावले मलाई यसको महत्व बुझाएको छ । अचेल धेरै मान्छेले कौसीलाई करेसाबारी र फूलबारी बनाएका छन् ।

खेती किसानी हाम्रा लागि कति महत्वपूर्ण रहेछ भनेर बुझ्न थालेकी छु । बजारमा अत्यधिक मात्रामा बिषादी प्रयोग गरिएको तरकारी भन्दा आफ्नै छतमा फलाउन सकियो भने शुद्ध र ताजा खान पाइन्छ । अर्को कुरा भान्छाबाट निस्कने फोहोरलाई कुहाएर मल बनाउन सकिन्छ । भान्छाको फोहोर पानी पनि कौसीमा प्रयोग गर्न मिल्छ ।  

एलिसा घिमिरे 

कौसी खेती गर्दा घरमा भएका फुटेका भाँडा, जार, बाटा आदिलाई प्रयोग गर्न सकिन्छ । यसबाट त्यस्ता बेकामे सामान काममा आउँछन् ।  

मान्छेलाई खानपान नमिल्दा धेरै रोग लाग्छ । घरको कौसीमा अर्गानिक तरकारी उत्पादन गर्न सकियो भने धेरै किसिमको फाइदा हुन्छ । समय बच्छ, स्वास्थ्य राम्रो हुन्छ र पैसाको पनि बचत हुन्छ ।  

कौसीखेतीमा रमाउँदा मनिर्ङवाक गर्नुपर्ने बाध्यता पनि हुँदैन । साथै धुवाँ र धुलोबाट अलिकति भए पनि मुक्ती मिल्छ । कौसी खेती वातावरणमैत्री हुनुकासाथै स्वास्थ्यमैत्री पनि हुन्छ । यसले निरोगी बन्न सहयोग गर्छ । त्यस्तै तरकारी किन्ने झन्झट पनि हुँदैन ।  

बदलिँदो समयसँगै मान्छेमा नैराश्यता बढेको धेरै भैसक्यो । अझ अहिलेको लकडाउनले मान्छेमा मानसिक समस्या बढेर गएको छ । तनावबाट मुक्त हुन र मानसिक शान्तिका लागि कौसी खेती गतिलो उपाय बन्न सक्छ ।  

बजारमा पाइने तरकारी र फलफूलमा विषादी प्रयोग हुन्छ । ती बासी हुन्छन् । घरमै फलाइएको तरकारी खाँदा बेग्लै आनन्द आउँछ ।  

कौसी खेती गर्दा ध्यान पु¥याउनु पर्छ । घरको क्षमता, पानीको निकास, माटो र मलको व्यवस्थापनमा ध्यान दिनुपर्छ । कुन तरकारी कुन मौसममा रोप्दा बढी भन्दा बढी फाइदा लिन सकिन्छ भन्ने जानकारी राख्नुपर्छ । विचार नपु¥याई खेती गर्दा उत्पादन राम्रो हुँदैन ।  

खेती गमलामै गरिनुपर्छ भन्ने छैन । चामलका बोरा, दूधका प्याकेट, चिसो पदार्थका बोतल वा पाइपमा पनि रोप्न सकिन्छ ।  

यसमा धेरै समय पनि दिनुपर्दैन । मोबाइल, टिभी र व्यर्थका गफमा समय विताउनु भन्दा बिहान र बेलुकी केही समय कौसी खेतीमा लगानी गरे हुन्छ ।  

बदलिँदो समयसँगै मान्छेमा नैराश्यता बढेको धेरै भैसक्यो । अझ अहिलेको लकडाउनले मान्छेमा मानसिक समस्या बढेर गएको छ । तनावबाट मुक्त हुन र मानसिक शान्तिका लागि कौसी खेती गतिलो उपाय बन्न सक्छ ।  

कौसी खेतीलाई व्यवसायिक रुपमा समेत गर्न सकिन्छ । कतिले यसैबाट जिविकोपार्जन गरेका समाचार पनि सुनिन्छन् ।  

अन्त्यमा, विषादी परीक्षण नगरिएका र अत्याधिक विषादी प्रयोग गरिएका तरकारी र फलफूल खाएर जीवनलाई जोखिममा पार्नुभन्दा सम्भव भएसम्म आफैंले उत्पादन गरेर खान सकै धेरै राम्रो हुन्छ । 

प्रकाशित: २३ जेष्ठ २०७७ ०५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App