१२ पुस २०८१ शुक्रबार
image/svg+xml
अन्य

इजरायल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका–७ च्याङली घर भई काठमाडौँ टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ ओख्रे घर भई बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन्। 

पक्राउ परेकामध्ये किशानले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ र युवकले मलेशिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएका थिए। 

पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरील किशानलाई काठमाडौँ टेकुबाट शुक्रबार र युवकलाई काठमाडौँ रत्नपार्कबाट शनिबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ।

प्रकाशित: ८ पुस २०८१ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App