४ वैशाख २०८२ बिहीबार
image/svg+xml ६:२१ पूर्वाह्न
राजनीति

राजतन्त्र फर्काउनु मृत पूर्खाहरू फर्काउनु सरह: रक्षामन्त्री

रक्षामन्त्री मानवीर राईले देशमा अराजकता बढिरहेको बताएका छन्।

शनिबार काठमाडौंमा किराँत राई कर्मचारी मञ्चको १५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासले लिच्छवी, मल्ल, शाह र राणा शासन फालेको स्मरण गराउँदै अहिले फेरि राजतन्त्र फर्काउने असम्भव प्रयास भइरहेको टिप्पणी गरे।

मन्त्री राईले विगतका आन्दोलनमा आफूहरू संलग्न भए पनि व्यक्तिका घरमा आगजनी, लुटपाट, पत्रकार जलाउने वा मान्छेलाई जिउँदै जलाउने काम नगरेको उल्लेख गरे।

“हामीले कांग्रेस, एमाले र माओवादीका नाममा आन्दोलन गर्‍यौँ, तर अराजकता मच्चाएनौँ,” उनले भने, “अहिले भने यस्तो अराजकता देखा परिरहेको छ।” उनले इतिहास पछाडि फर्काउन खोज्नु मृत पूर्खाहरूलाई फर्काउन खोज्नुसरह भएको तर्क गरे।

उनले भने, “इतिहासले तत्कालीन राज्य फाल्यो। लिच्छवी, मल्ल, शाह र राणाहरू आन्दोलनबाट ढले। हामीले बार भत्कायौँ, तर व्यक्तिको घरमा आगो लगाएनौँ, पत्रकार र उद्योग जलाएनौँ, लुटपाट गरेनौँ। समयसँगै हामी परिमार्जित भयौँ, तर अहिले अराजकता देखिएको छ।” मन्त्री राईले किराँत राई समुदायलाई बेइमानी नगर्न पनि आग्रह गरे।

प्रकाशित: २३ चैत्र २०८१ १९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App