‘सडक विस्तारमा स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्छ’
रत्नपार्क, कारखाना चोक आदेश्वर हुँदै इचंगुनारायणसम्म माइक्रोबस सेवा पहिलोपटक सञ्चालन गरेका छौँ । चिसापानी, इचंगुनारायण, सत्तल चौर, धोलुंगे, चौतारा पुल, हल्चोक, रातोमाटे, वडा कार्यालयवरिपरि र पाँचधारालगायत टोलमा स्थानीयवासी, संघसंस्था र विद्यालयको सहयोगमा सरसफाइ एवंजनचेतनामूलक कार्यक्रम सम्पन्न गर्यौँ । स्वयम्भू वनस्थलीसम्मको चक्रपथ सरसफाइ कार्यक्रममा हामीले वडाको तर्फबाट प्रतिनिधित्व गरेका थियौँ ।

