‘अब म स्याङ्जालीको साझा कार्यकर्ता हुँ’
स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालसँग गरिएको कुराकानी :
स्याङ्जा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट निर्वाचित सांसद पद्माकुमारी अर्यालसँग गरिएको कुराकानी :
काठमाडौं महानगरपालिका पूर्वमेयर तथा काठमाडौं निर्वाचन क्षेत्र– ६ ‘क’ प्रदेशसभाका लागि विजयी केशव स्थापितसँग हिमाल लम्साल र खिलक बुढाथोकीले समसामयिक विषयमा गरेको कुराकानी:
पशुपति चौलागार्इं एमाले पोलिटब्युरो सदस्य हुन्। विद्यार्थी उमेरदेखि नै राजनीतिमा लागेका उनको छवि एमाले भित्र हठी स्वभाव सँगै निष्ठा र त्याग पनि हो। अनेरास्ववियुको वागमती संयोजकसहित केन्द्रिय सदस्य, नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वागमती अञ्चल सदस्य, सह ईन्चार्ज, ईन्चार्ज हुदै हालको ३ नम्बर प्रदेशका प्रायः जिल्लाहरु जोडिएको पार्टीको वागमती कमिटीमा बसेर लामो समय कमाण्ड सम्हालेका चौलागाईलाई एमाले भित्र यो प्रदेशको सम्भावित मुख्य मन्त्रीका रुपमा हेर्नेहरु थुप्रै छन्। २०५६ मा दोलखा १ बाट निर्वाचित र २०७० मा समानुपातिक कोटा र अहिले दोलखा २ बाट प्रदेश सभा सदस्य जितेका ५७ बर्षिय चौलागाई संग नागरिकन्युजका लागि रमेश खतिवडाले गरेको कुराकानीः
इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।
विगतमा जन्मस्थल भोजपुरबाट चुनाव लड्दै आएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की यसपटक भने सुनसरीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा विजयी भए । उनीसँग गरिएको कुराकानी:
२०७० सालमा दोस्रो संविधान सभाको निर्वाचनमा पहिलो पटक मलाई यस क्षेत्रका जनताले चुनाव जिताएका थिए । अहिले पुनः मलाई नै दोहोर्याए । यस क्षेत्रका जनताले विकासको अपेक्षा गरेर मलाई जिताएको महसुस गरेको छु । यो जित मेरो जित भन्दा पनि जनताको जित भएको ठानेको छु ।
धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतो अब सडक र सदन दुवैतिरबाट संविधान संशोधनका लागि संघर्ष गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँछन् । चुनाव जितेपछि उनीसँग गरिएको छोटो कुराकानी:
५ मा आरजु राणा देउवालाई फराकिलो मतान्तरले पराजित गर्दै विजय भएका एमालेका नेता तथा नवनिर्वाचित सांसद नारदमुनी रानासँग गरिएको कुराकानी:
राजेन्द्र लिङ्गदेन राप्रपाका महामन्त्री हुन् । देशभर कांग्रेससँग गठबन्धन भए पनि झापा–३ मा वामपन्थीसँग मिलेर उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरे । उनीसँग चुनावलगायत विविध विषयमा भएको छोटो कुराकानी:
राजपा नेपालका संयोजक तथा राजपा–संघीय फोरमका साझा उम्मेदवार महन्थ ठाकुर महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट निकटतम प्रतिद्वन्द्वीभन्दा करिब दोब्बर मतले विजयी भएका हुन् । उनलाई नेपाली कांग्रेसको पनि समर्थन थियो । निर्वाचित भएपछि उनीसँग गरिएको छोटो कुराकानी:
बिन्दुकुमार थापा, ५८, कांग्रेसबाट जित हात पार्ने कास्कीका एकमात्र उम्मेदवार हुन् । थापा कास्की–२ (ख) बाट निर्वाचित भएका हुन् । विजयी भएका थापा पोखराका ब्यापारी पनि हुन् । उनी पोखरा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष पनि हुन् । पोखरामा घरजग्गा र अटोमा उनको लगानी छ । त्यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनले लगानी गरेका छन् । कास्कीमा एमालेको पकडलाई तोड्ने एकमात्र कांग्रेसका उम्मेदवार पनि थापा नै बनेका छन् ।
म मन्त्री भएकै बेला विदेशीले दिएको ऋण अर्थमन्त्रालयबाट अनुदानको रूपमा लिएर घर–परिवारमा करेसाबारी लगाउने कार्यक्रम चलाइएको थियो । घुरेनमा साग रोप्न कुनै तालिम चाहिन्छ ? नचाहिने ठाउँमा ऋण लिएर खर्च गर्नु सरासर ठगीसिवाय केही हैन । २०५१ सालमा मन्त्री भएकाबेला १० करोडको प्रोजेक्ट लिएर एक जना आएका थिए । प्रोजेक्ट स्वीकृत गरेबापत २ करोडको अफर गरेका थिए ।
संविधानको नयाँ व्यवस्थाअनुसार मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस निकै खुम्चन पुगेको छ। कांग्रेसका प्रभावशाली नेताहरूको विपक्षमा निर्वाचन परिणाम परिरहेका बेला काठमाडौँ–४ बाट युवा नेता गगनकुमार थापा भने तीन हजार बढी मत अन्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन परिणामसहितका विषयमा केन्द्रित भएर उनीसँग बालकृष्ण अधिकारीले गरेको कुराकानी :
बालानन्द पौडेल अध्यक्ष रहेको स्थानीय तह पुर्नसंरचना आयोगले स्थानीय तहको संख्या ५ सयको हाराहारीमा राख्न सिफारिस गरेको थियो । तर राजनीतिक दवावका कारण स्थानीय तहको संख्या ७ सय १९ हुँदै दुई पटक थपेर ७ सय ५३ पुर्याइएको छ । पौडेल अझै दृढ छन्, संख्या घटाउनै पर्छ । अब काम र सेवा प्रवाहको स्थितिलाई विश्लेषण गरेर मर्जर प्रक्रियामा जानैपर्छ भन्छन् ।
तीनै तहका निर्वाचन भइसकेपछि नेपालले संघीय संरचनाको अभ्यास गर्दैछ । तर नयाँ संरचनाको व्यवस्थापनका लागि थुप्रै कामहरु गर्न बाँकी छ । वित्त आयोगको गठन नहुँदा स्रोत र साधनको परिचालन एवं राजश्व बाँडफाँडको काम कसरी हुने हो ठेगान छैन । संविधानले व्यवस्था गरेका अधिकारहरु प्रदेश र स्थानीय तहले कसरी प्रयोग गर्ने हुन् भन्ने अझै स्पष्ट भएको छैन । यो अवस्थामा केन्द्र सरकार मात्रै प्रभावी हुने जोखिम बढेको छ, जुन संघीयताको प्रतिकुल हो ।
चुनावी अभियानका क्रममा प्रदेश नम्बर ७ को दौडाहामा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको अवस्था, निर्वाचन सुरक्षालगायतका विषयमा नागरिकका लागि दिलबहादुर छत्यालले लिएको अन्तर्वार्ता ।
नयाँ शक्ति पार्टी, नेपालका संयोजनक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका प्रत्यासी छन् । भट्टराईसँग उनकै पूर्व सहयात्री नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ बाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धी छन् । यी दुई पूर्व सहयात्रीको प्रतिस्पर्धालाई रोचक रुपमा हेरिएको छ ।
नेपाल प्रहरीको ३० वर्षे सेवा पुरागरि निवृत्त भएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकाल निर्वाचन सुरक्षा व्यवस्थापनमा राजनीतिक दलहरु पनि जिम्मेवार हुनुपर्ने तर्क गर्छन् । अहिले विप्लवले नेतृत्व गरेको पार्टीबाट बाहेक अन्य समूहबाट प्रत्यक्ष सुरक्षा चुनौति देखिएको छैन ।
बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल निकै उत्साहित देखिएका छन् । यसपटक काठमाडौ निर्वाचन क्षेत्र नं २ रोजेका नेता नेपाल निर्वाचन पछि सुविधाजनक बहुमतसहित बाम गठबन्धनको नेतृत्वमा सरकार बन्नेमा ढुक्क छन् ।
जब राष्ट्रले एउटा निर्णय लिन्छ, म त्यतिबेलाको प्रधानमन्त्री, मलाई राजा महेन्द्रको पूरा ब्याकिङ थियो । राजा महेन्द्र पनि त्यही चाहन्थे । उनका पालामा प्रधानमन्त्री भएपछि मैले आँट गरेँ । मेरो अध्ययन, विश्लेषण र ध्यानले समेत यो समयमा यस्तो निर्णय गरेँ भने सैन्य मिसन र चेकपोस्ट हट्छ भन्ने आत्मविश्वास भएपछि निर्णय गरेको हुँ । त्यो पनि फ्याक्ट्स एन्ड फिगर्समा । त्यसबेला अमेरिका र रसिया सुपरपावर थिए । त्यो परिस्थिति समेत हेरेर एउटा सामूहिक अडान लिएर अगाडि बढेको हुँ । जसले गर्दा सफलता प्राप्त भयो ।
पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् ।
खगेन्द्र संग्रौला लेखक र समिक्षक हुन् । भित्तैमा पुर्याउने गरि शब्दवाण प्रहार गर्ने कलामा पोख्त मानिन्छन् । तुलनात्मक रुपमा उनी यस पटक संयमित देखिए, शब्द चयन र अभिव्यक्तिमा । १५ वर्ष अगाडिको रेडियो अन्तर्वार्तामा एमालेलाइ गतिहिन, मतिहिन, दिशाहिन र पथभ्रष्ट पार्टी भएको संग्रौलाको टिप्पणी आउँदा उसबेला केपी शर्मा ओली एमाले संसदीय पार्टीको उपनेता थिए र सोही अन्तर्वार्तामा अर्का वक्ता थिए।
एमालेबाट पार्टीको अध्यक्ष बनिदिनुहोस् भन्नुभएको थियो, मैले मानिनँ । एक अर्ब लगानी गरेमा कर छुट भन्ने छ, त्यसमा एमाले–माओवादीले विरोध गरेनन् । कम्युनिस्टहरू त किसान र श्रमिकका मुद्दा लड्ने हुन्, साना लगानी भएकालाई कर लाग्ने अनि ठूलालाई छुट हुने कुरा कम्युनिस्टहरूले गर्न हुन्छ ?
सबै कुरा संविधान र कानुनमा नै हुनुपर्छ भन्ने होइन, नैतिक मूल्य–मान्यता त विवेकमा भर पर्छ । संविधानका मापदण्डलाई लागू गर्ने मानसिकता जुन चाहिन्छ, त्यो देखिएको छैन। ‘प्रधानमन्त्रीले निर्वाचन सार्न सक्नुहुन्न र पाउनु पनि हुन्न’ निर्वाचन सार्ने जस्तो केटाकेटीको खेललाई अदालतले बदर गरिदिन्छ । हिजो पो हतियार र दम्भको आधारमा कानुनी शासनलाई तोडमरोड गरियो तर आज त्यो परिस्थिति छैन।