८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

म्यानमारमा दिनहुँ प्रदर्शन, अवस्था दिन प्रतिदिन अनियन्त्रित हुँदै

म्यानमारको अवस्था दिन प्रतिदिन अनियन्त्रित हुँदै गइरहेको छ। सोमबार, म्यानमारसैनिक फेर्सले सैन्य शासनको बिरूद्ध प्रदर्शन गरेका ५ प्रदर्शनकारीहरुलाई गोली लाग्दा उनीहरुका मृत्यु भएको छ। ती मध्ये तीन जनाको मृत्यु यंगूनमा र दुई जनाको मिंग्‍यानमा भएको हो।  

सिसटेन्स एसोसिएशन फर पोलिटिकल प्रिजनर्स एड्भोकेसी ग्रुपका अनुसार म्यानमारमा फेब्रुअरी १ ​​मा प्रजातान्त्रिक सरकारको ध्वस्त भएदेखि सुरक्षा सेनाको हातमा करिब ४६४ जना मारिएका छन्। एड्भोकेसी ग्रुपका अनुसार तिनीहरूको वास्तविक संख्या बढी हुन सक्छ।

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले सोमबार प्रदर्शनकारीहरूलाई हटाउनका लागि भारी क्यालिबर हतियारको प्रयोग गरेका थिए। यद्यपि यस हतियारको बारेमा अहिलेसम्म यो के हो भनेर केही भन्न सकिदैन। म्यानमार स्टेट टेलिभिजनले भनेका छ, सुरक्षा बलले प्रदर्शनकारीहरुलाई रोक्नका लागि विशेष हतियारहरु प्रयोग गरेको छ। 

म्यानमारमा प्रदर्शनकारीहरूको रगत सुरक्षा बलले सडकमा निरन्तर खन्याईरहेको छ। म्यानमारमा हालसम्म सुरक्षा बलको तर्फबाट लगभग ५०० प्रदर्शनकारीको मृत्यु भएको छ। सम्पूर्ण विश्व यस कदमको घोर निन्दा गरेको छ। दुई दिन अघि मात्र त्यहाँका सैनिक फेर्सले गोली चलाउँदा १ सय ११ प्रदर्शनकारी मारिएका थिए। १ फेब्रुअरीदेखि म्यानमारको सडकमा प्रजातान्त्रिक प्रणालीलाई पुनर्स्थापना गर्न माग गरिएको छ।  

सयौं प्रदर्शनकारीहरु दिनहुँ देशको बिभिन्न भागहरुमा सैन्य शासनको बिरूद्ध प्रदर्शन गर्दैछन्। यसै समयमा सैन्य शासनले यी प्रदर्शनकारीहरूको आवाज क्रूरताका साथ क्रस गरिरहेको छ। मिडिया प्रतिबन्धित भएदेखि नै देशमा इन्टरनेट सेवा बन्द गरिएको छ।

म्यानमारका त्यहाँको सेनाले गत फरवरी १ मा निर्वाचनमा व्यापक धाँधली भएको दाबी गर्दै जननिर्वाचित प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी र उनले नेतृत्व गरेको नेसनल लिग फर डेमोक्रेसीका नेताहरूलाई नियन्त्रणमा लिएको थियो। एम्नेस्टी इन्टरनेसनलले हालसालै एक रिपोर्टमा भनेको छ कि म्यानमारमा सुरक्षा बलले युद्धमा प्रयोग हुने हतियारहरु प्रयोग गरिरहेको छ। (एजेन्सीकाे सहयाेगमा)

प्रकाशित: १७ चैत्र २०७७ ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App