coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

म्यानमारमा थप ८२ मारिए

जननिर्वाचित प्रतिनिधिलाई नियन्त्रणमा लिँदै सत्ता कब्जा गरेको म्यानमारको सेनाले शुक्रबार एकै दिन ८२ जना नागरिकको हत्या गरेको छ। म्यानमारको यांगुन सहरनजिकै सेनाको कदमको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सेनाले गोली चलाउँदा उक्त संख्यामा हताहती भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ।

हिरासतमा रहेकी नेत्री सुकीको स्वास्थ्य अवस्था राम्रो रहेको दाबी

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकीको स्वास्थ्य अवस्था राम्रो नै रहेको पाइएको छ। झण्डै दुई महिनादेखि थुनामा रहेकी ७५ वर्षीय सुकीको स्वास्थ्यमा कुनै समस्या नरहेको विवरण बुधबार सार्वजनिक गरिएको हो।

म्यानमारमा दिनहुँ प्रदर्शन, अवस्था दिन प्रतिदिन अनियन्त्रित हुँदै

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाकर्मीले सोमबार प्रदर्शनकारीहरूलाई हटाउनका लागि भारी क्यालिबर हतियारको प्रयोग गरेका थिए। यद्यपि यस हतियारको बारेमा अहिलेसम्म यो के हो भनेर केही भन्न सकिदैन। म्यानमार स्टेट टेलिभिजनले भनेका छ, सुरक्षा बलले प्रदर्शनकारीहरुलाई रोक्नका लागि विशेष हतियारहरु प्रयोग गरेको छ।

म्यानमारमा सैनिक दमन, नेपाल मौन

भौगोलिक हिसाबले नजिक र नेपालीभाषीको समेत बसोबास रहेको म्यानमारमा सेनाले नागरिकमाथि बर्बर दमन र हत्या शृंखला दोहोर्‍याइरहँदा नेपालले भने आश्चर्यजनक मौनता साँधिरहेको छ। गत फरवरी १ मा निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यहाँको सेनाले प्रजातन्त्रवादी नेत्री आङ साङ सुकी र जननिर्वाचित प्रतिनिधिहरूलाई नियन्त्रणमा लिँदै सत्ता हातमा लिएको विरोधमा नागरिकहरूले गर्दै आएको प्रदर्शनमा सेनाले बर्बर दमन गर्दै आएको छ।

म्यानमारमा व्यापक सैनिक दमन, ८९ प्रदर्शनकारीको मृत्यु

शनिबार नै त्यहाँ ‘नेसनल आम्र्ड फोर्सेज डे’ परेको थियो। सैनिक ‘कु’ को चर्को विरोध भइरहेका बेला सेनाले पनि व्यापक दमन गरेपछि उक्त संख्यामा प्रदर्शनकारीको मृत्यु भएको असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपिपी) ले जनाएको छ। मृत्यु हुनेमा बालबालिका पनि छन्।

म्यानमारका बीबीसी संवाददाता अपहरणमुक्त

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन्।

म्यानमारको हिंसात्मक दमनविरुद्ध दूतावासअगाडि प्रदर्शन

म्यानमारको सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोध गर्दै बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार नक्खुको भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताले विरोध प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्