१३ वैशाख २०८२ शनिबार
image/svg+xml ६:२३ पूर्वाह्न
अन्तर्राष्ट्रिय

इरान-अमेरिकाबीच आणविक वार्ता : सकारात्मक छलफलमा के भयो?

ओमानको मध्यस्थतामा शनिबार इरान र अमेरिकाबीच मस्कटमा अप्रत्यक्ष वार्ता भएको छ। इरानको आणविक कार्यक्रमबारे २०१८ पछि भएको यो पहिलो उच्चस्तरीय बैठकलाई दुवै पक्षले 'रचनात्मक' भनेका छन्। दोस्रो चरणको छलफल अर्को हप्ता हुने तय भएको छ।

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए। वार्ता छुट्टाछुट्टै कोठामा भएको थियो, जहाँ ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीले सन्देश आदानप्रदान गरे। बुसैदीको उपस्थितिमा अराघची र विटकफबीच केही मिनेट कुराकानी भएको थियो।

अराघचीले इरानी टेलिभिजनलाई भने, ‘यो पहिलो बैठक शान्तिपूर्ण र सम्मानजनक वातावरणमा रचनात्मक रूपमा सम्पन्न भयो, कुनै अनुपयुक्त भाषा प्रयोग भएन।’ ह्वाइट हाउसले पनि वार्तालाई 'धेरै सकारात्मक र रचनात्मक' भनेको छ।

प्रकाशित: ३१ चैत्र २०८१ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App