१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

घरबारबिहीन भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घरबारबिहीन छन्। मङ्गलवार आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। जसमा उनीसँग आफ्नो घर पनि नरहेको पाइएको छ।

वारणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री मोदीको नाममा कुनैपनि अचल सम्पत्ति नरहेको बताइएको छ।

बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग २ करोड ८५ लाख भारतीय रुपैयाँ छ। २०२४ मार्च ३१ सम्म उनको सम्पत्ति ३ करोड २ लाख ६ हजार ८८९ रहेको छ।

जसमा २ करोड ८५ लाख नगद रहेको छ। जुन विभिन्न बैंकमा फिक्स डिपोजिट छ भने उनीसँग ४ वटा सुनको औँठी पनि रहेको छ। जसको मूल्य २ लाख ६७ हजार ७५० भारतीय रुपैयाँ बताइएको छ।

प्रधानमन्त्री मोदीको नाममा न त आफ्नो घर छ न त जग्गा नै। उनको नाममा कुनै गाडी पनि छैन।

प्रधानमन्त्री मोदीको वार्षिक तलब २० लाख भारतीय रुपैयाँ रहेको छ। उनलाई मासिक रुपले २ लाख भारतीय रुपैयाँ तलब दिने गरिन्छ।

सन् २०१४ देखि नै भारतको प्रधानमन्त्रीको कमान सम्हाल्दै आएका मोदीले तेस्रो पटक प्रधानमन्त्रीको रेसमा छन्।

प्रकाशित: २ जेष्ठ २०८१ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App