नयाँतिर हावा चलेकै छ, तर प्रत्यक्ष–समानुपातिक मिलाएर एक नम्बर पार्टी बन्छौँ: प्रचण्ड
‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’
‘तर प्रत्यक्षमा हामी अगाडि हुन्छौँ। प्रत्यक्ष र समानुपातिक जोड्दा हामी सबैले मेहनत ग¥यौँ भने देशमा फेरि एक नम्बर पार्टी नेपाली कम्युनिस्ट पार्टी बन्ने सम्भावना छ।’
आगामी २१ फागुनमा कांगेसका सहमहामन्त्री योगेन्द्र चौधरी पहिलो जितको खोजीमा रहँदा दाङ क्षेत्र नम्बर १ मा अर्का उम्मेदवार मेटमणि चौधरी ‘ह्याट्रिक’ जित निकाल्ने दाउमा रहने छन् ।
बालेन दिपायल पुग्नुअघि नै सामाजिक सञ्जालमा उनका लागि वर्षा होटेलको कोठा नम्बर ३०४ मा बस्ने व्यवस्था मिलाइएको कुरा सार्वजनिक भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसमा भ्रमण गरेसँगै आफूहरूलाई विश्वास गर्दै आएका मतदाताहरू उता ढल्किने हुन् कि भनेर पुराना दलका नेताहरू अत्तालिएझैँ देखिएका हुन्। उनीहरू विरासत जोगाउने तरिकाले अघि बढिरहँदा नयाँ दलका नेताहरू पनि स्थापित हुन आक्रामक ढंगले अघि बढिरहेका छन्।
ठूला र साना उद्योगहरू, औद्योगिक क्षेत्रहरू, साथै धार्मिक र प्राकृतिक पर्यटनका सम्भावनाले यस जिल्लालाई समृद्धिको नयाँ केन्द्र बनाउने क्षमता दिएको छ ।
चारैतिर ‘बालेन लहर’ चलिरहँदा परम्परागत दललाई संगठित मत जोगाउन सकस परिरहेको छ । तर, यो क्षेत्रमा पुराना दलले आफ्नो संगठित मतमाथि नियन्त्रण कायम राखेको पाइएको छ ।
पार्टीका निर्णय र गतिविधिबारे आफूले सञ्चारमाध्यममार्फत् थाहा पाउने गरेको बताउँदै नेता खनालले २० वटा पार्टी/समूह मिलेर बनेको नेकपाको सम्भावना बलियो भएपनि नेतृत्व असफल उन्मुख भएको दाबी गरे ।
मुलुकले भदौ २३ र २४ मा घटना बेहोरेको छ । जेनजी पुस्ताले सुशासन मागेका थिए। पुराना दलहरूले भ्रष्टाचार मात्रै गरे भन्ने भाष्य छ ? के कांग्रेस–एमाले–माओवादीहरूले भ्रष्टाचार मात्रै गरेका हुन्?
यही सभाबाट बालेन पहिलो पटक सार्वजनिक सभामा भाषण गर्दै छन्। मधेसीपन र मधेसीमन प्रस्तुत गरेर मधेसको मन र मत जित्ने यो सभाबाट बालेनले आफ्नो उम्मेदवारी मधेसबाटै गर्ने हुन् कि होइनन् त्यो हेर्न बाँकी नै छ।
नेकपा एमालेका युवा नेता हिराबहादुर केसी बागलुङ-१ बाट उम्मेदवार भएका छन्।
विगतका निर्वाचनप्रति खासै चासो नदेखाउनेहरू पनि यसपटक प्रचारप्रसारदेखि राजनीतिक बहससम्म सक्रिय हुन थालेको स्थानीय तहहरूले जनाएको छ।
सुदन गुरुङ, मिराज ढुंगानालगायत सरकारसँग असन्तुष्ट रहेका जेनजी युवाले आफ्नै सरकारका गृहमन्त्री र प्रधानमन्त्रीको पटक पटक राजीनामा मागले निर्वाचनको वातावरण नबनेको विश्लेषक जनकपुरी बताउँछन्।
थ्रेसहोल्डको त्रासमा रहेका दलहरूले त्यसबाट जोगिन दुई वा दुई भन्दा बढी दल मिलेर ‘एकल चुनाव चिन्ह’सहित निर्वाचनमा जाने रणनीति सुरु गरिसकेका छन्।
शान्ति प्रक्रियामा आएको छोटो समयमा माओवादी चिराचिरा हुन थालेपछि रोल्पालीको मन पनि चिरियो।
कुलमान घिसिङको पार्टी ‘उज्यालो पार्टी नेपाल’ र खगेन्द्र सुनारको पार्टी ‘हाम्रो पार्टी नेपाल’ एकै चुनाव चिन्हबाट निर्वाचन लड्ने भएका छन् ।