एड्स सङ्क्रमित भन्छन्, ‘नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ’
आफू एचआइभी सङ्क्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो। एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर। लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उनमा एचआइभी देखिएको थियो।

