चिकित्सक कुटिएपछि पाटन अस्पतालमा चार दिन देखि बहिरंग सेवा प्रभावित
बिरामीको उपचारका क्रममा निधन भएपछि आक्रोशित आफन्तले शनिबार चिकित्सक कुटेसँगै चार दिनदेखि पाटन अस्पतालको बहिरंग विभाग सञ्चालनमा आउन सकेको छैन।
बिरामीको उपचारका क्रममा निधन भएपछि आक्रोशित आफन्तले शनिबार चिकित्सक कुटेसँगै चार दिनदेखि पाटन अस्पतालको बहिरंग विभाग सञ्चालनमा आउन सकेको छैन।
कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ।
अनुसन्धानका लागि ५३ वटा नमुनामध्येमा ३८ प्रतिशत अर्थात् २० वटामा यो रसायन फेला परेको छ। नेपालबाट संकलन भएका नमुनाहरू कोरियन प्रविधिको प्रयोशालामा परीक्षण गरिएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन्।
भूकम्पमा परी घाइते भएर भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहेका केही बिरामी निको भएर घर जान थालेका छन्।
सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा डा. चोपलाल भुसाललाई नियुक्त गर्ने तयारी गरेको छ।
पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा हालै गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। सयौँ मानिसहरु घाइते भएका छन् भने हजारौँ संरचना ध्वस्त भएका छन् । भूकम्पमा परी हजारौँ पशुचौपाया मरेका छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आजबाट आन्दोलनमा उत्रेका छन्।
बजारमा उपलब्ध सौन्दर्य सामग्रीमा हानिकारक रसायनको अधिक मात्राबारे सरकारले बेवास्ता गरिररहेको विज्ञहरूको आरोेप छ। उनीहरूले नेपालमा अहिले पनि निर्वाध रूपमा सौन्दर्य सामग्रीमा हानिकारक रसायन लेड (सिसा) तथा पारो (मर्करी) प्रयोग भइरहेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्पछि निम्तिन सक्ने स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न पूर्ण रूपमा तयार रहेको बताएको छ। जाजरकोट भूकम्पपछि नागरिकसँगको कुराकानीमा मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले यस्तो बताएका हुन्। उनका अनुसार मुलुकमा जुनसुकै बेला आइपर्न सक्ने स्वास्थ्य आपतकालीन स्थितिलाई लक्षित गरी केन्द्र निर्माण गरिएको बताए।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विगत एक महिनादेखि आन्दोलनरत शिक्षक चिकित्सक र पदाधिकारीहरुबीच तीन बुँदे सहमति भएको छ।
कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले उनीहरुमाथि कारबाहीको माग गरेको हो।
शनिवार दिउँसो ओखलढुङ्गाकी ८६ वर्षीय जनामायाँ राई र ललितपुरका ६८ वर्षीय कृष्णा नगरकोटीको मृत्यु भएको हो।
गौर नगरपालिकाले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिनउपलब्ध गराएको छ । गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले प्रादेशिक अस्पताल गौरलाई मच्छर मार्ने मेसिन उपलब्ध गराएका हुन्।
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले देश हचुवाको भरमा चलिरहेको आरोप लगाएका छन्। भूकम्पबाट प्रभावित घाइतेको उपचार गर्न यहाँ आइपुगेका उनले आइतबार नेपालगन्जमा सञ्चारकर्मीसँग यस्तो बताएका हुन्।
जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा ३७ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ गरी ३८ जना घाइतेको उपचार भइरहेको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको नगर अस्पतालमा कार्यरत डा.विशाल उप्रेतीले तत्काल राहत सामग्री चाहिएको बताएका छन्।
सहभागीको संख्या उल्लेख्य देख्दा खुसी हुँदै राज्यलक्ष्मी भन्छिन्, ‘दिनको २४ घण्टा अरूलाई दिन्छौं। आफ्नो मानसिक र शारीरिक स्वास्थ्यका लागि एक घण्टा अनिवार्य रूपमा हातखुट्टा तन्काउने, उफ्रने लगायतका एरोविक गरौं।’
कपिलवस्तुका २ स्वास्थ्य चौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भएको स्वास्थ्य सस्थाको प्रमाण पत्र प्रदान गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थय सेवा संचालन निर्देशिका २०५९ अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्वास्थ्य चौकी र सुद्धोदन गाउँपालिका वडा नम्बर ५ स्थित हथिहवा स्वास्थ्य चौकीलाई त्यसको प्रमाण पत्र प्रदान गरिएको हो ।
विराटनगर महानगरपालिकाको ४ वटा वडामा कुपोषित बालबालिका फेला परेका छन्।
विराटनगर महानगरपालिकाले आयोजना गरेको बाल स्वास्थ्य विशेष कार्यक्रम अन्तर्गतको स्वास्थ्य शिविरमा कुपोषण भएका बालबालिका भेटिएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको बताएका छन्।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो।
बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।