६ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

योगदानमा आधारित बीमा प्रणाली विकास गर्नुको विकल्प छैन: मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको योगदानमा आधारित बीमा प्रणालीको विकास गर्नुको विकल्प नरहेको बताएका छन्।

बुधवार भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्ष मुनिका क्यान्सर बिरामीलाई निःशुल्क उपचार सेवाको शुभारम्भ गर्दै उनले यस्तो कुरा बताएका हुन।

उनले नागरिकको सहभागिता हुने गरी निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने स्थिति बनाउनुपर्ने बताए।उनले स्वास्थ्य मन्त्रालयले मात्रै लागू गरेर बीमा प्रणालीको विकास नहुने भन्दै निजी क्षेत्र र अन्य सम्बन्धित निकायहरूले पनि सहयोग गर्नुपर्ने बताए।उनले नेपालमा संगठित क्षेत्रमा, सरकारी क्षेत्रमा काम गर्नेहरूले तलबबाट दुई प्रतिशत बीमा बोर्डमा दिए बीमा कार्यान्वयनमा सहज हुने उल्लेख गरे।

आजबाट भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला क्यान्सर अस्पताल, चितवन, कान्ति बाल अस्पताल, महाराजगन्ज गरी तीन वटा अस्पतालहरूमा १४ वर्ष मुनिका क्यान्सरको समस्या भएका बालबालिकाहरूको निःशुल्क उपचार हुने पनि  मन्त्री पौडेलले जानकारी दिए। मन्त्री पौडेलले माघ २२ गते क्यान्सर निरोधक दिवसको दिन नेपालका १६ लाख किशोरीहरूलाई एचपिभी भ्याक्सिन दिने कार्यक्रम तय गरेको बताए। 

प्रकाशित: ५ मंसिर २०८१ १८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App