२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङमा सक्रिय संक्रमित संख्या २ सय ३८ पुग्यो

ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। फुङ्लिङ नगरपालिका क्षेत्रबाट संकलन गरिएको स्वाब मध्ये थप ३५ जनाको रिपोर्ट आउँदा १२ जना संक्रमित थपिएका छन्। याङ्वरकको १९ जनाको परीक्षण रिपोर्टमा ४ जना पोजेटिभ थपिएका छन्।  

ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार अहिले ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय ३८ पुगेको छ। बुधवार दिउँसो फुङ्लिङ नगरपालिकाबाट पठाइएको स्वाबमध्ये १ सय जनाको रिपोर्ट प्राप्त हुँदा थप ६४ जना नयाँ कोरोना संक्रमित थपिएका थिए।  

६६ जनाको रिर्पोट पोजेटिभ आएकोमा २ जना भने पुरानै संक्रमितको रिपोर्ट पुनः पोजेटिभ आएको थियो। बुधबार ताप्लेजुङ अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा १ जना कोरोना संक्रमित थपिएका थिए।

प्रकाशित: ३० वैशाख २०७८ ०९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App