२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत

फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन्।

आज मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन।

उनले अब एक जना मान्छे पनि पैसा नभएको कारणले अस्पतालको बरन्डामा आत्महत्या गर्नु नपर्ने बताए । उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालय जस्तो नभई अस्पतालजस्तो भइरहेको पनि जानकारी दिए ।

 उनले द्वन्द्व कालका घटनामा घाइते भएकाहरूको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे । द्वन्द्व कालका घाइतेहरूको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ ।

मन्त्री बस्नेतले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको बताए । उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरूलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरूमा सुधार आइरहेको बताए ।अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाई छ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरू दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका जानकारी दिए । 

प्रकाशित: २६ श्रावण २०८० ११:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App