२७ पुस २०८२ आइतबार
image/svg+xml
शिक्षा

ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन दाहालको आग्रह

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन बग्रह गरेका छन्। ग्रेड पाएका ६१.८१ प्रतिशत विद्यार्थीहरूलाई बधाई दिँदै दाहालले ग्रेड नपाएका विद्यार्थीहरूलाई निराश नहुन भनेका हुन्।

'एसईई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई हार्दिक बधाई तथा शुभकामना! यसको लागि तपाईंहरूको मेहनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षक/शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु। अपेक्षित नतिजाबाट बञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु, दाहालले फेसबूकमा लेखेका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटकको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड पाएका छन्। 

प्रकाशित: १३ असार २०८२ २१:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App