हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक
सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र–२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र–२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विद्युत् ऐनको विधेयक सङ्घीय संसद्मा पेस गर्ने अनुमति दिएको छ।
शुक्रबार बाट सर्वसाधारणका लागि ३६ लाख १९ हजार ८९१ कित्ता आइपिओ खुल्ला भएको हो। आवेदकले आजदेखि ३० गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ।
साढे तीन अर्बको लगानीमा बुटवलमा निर्माण गरिएको लुम्बिनी केवलकार संचालनमा आएको छ। केवलकारको बिहीबार एक कार्यक्रममा बिच प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।
अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन्।
बिहीवार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणलाई जेठ २६ देखि आइपिओ निष्कासन गर्ने जनाएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ५६ लाख शेयर लगानी कर्ताको नाम लिइ सिमित व्यक्तिहरुले मात्रै फाइदा उठाउने कुरा सह्य नहुने बताएका छन्।
कृषक पुष्पराज खड्का गोलभेडा उत्पादन भएकामा जति खुसी छन् त्योभन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन्। ‘प्रतिकिलो गोलभेडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ’, उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’
सिटिजन्स बैंक र नयाँवानेश्वरस्थित मल्टिप्लेक्स सेन्टर बीच बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ।
सिद्धार्थ बैंकले विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ।
गत जेठ २२ गते एक अनलाइन न्युजपोर्टलमा नेपाल टेलिकमको सेवा सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन्। संघको २३ औं वार्षिक साधारणसभाले दुगडलाई दोश्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो।
मुलुकमा औद्योगिकीकरण नहुँदा कुल गार्हस्थ्य उत्पादन(जिडिपी)मा औद्योगिक क्षेत्रको योगदान न्यून रहेको छ।
पत्रिकालगायत डिजिटल माध्यम प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बुधबार बाँडफाँट भएको छ।
काभ्रेपलाञ्चोकका विनोद त्रिपाठी यतिबेला युद्धरत युक्रेनको सीमा जोडिएको मुलुक रोमानियाको सुसेभामा कार्यरत छन्। विदेशमा रहँदा पनि नेपाली कम्पनीको सेयरमा उत्तिकै रुचि राख्ने उनले यसपटक नेपाल रिपब्लिक मिडिया लिमिटेडले जारी गरेको ‘आइपिओ’मा सहभागिता जनाए।
गुल्मीको रेसुङ्गा नगरपालिकाले ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको सुरुवात गरेको छ। रेसुङ्गा नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवर्धन तथा प्रचारप्रसार स्वरुप अभियानको सुरुवात गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन।
पोखरामा आयोजना हुने ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट रेस फेस्टिभल’ का लागि आठवटा डुंगा चीनबाटै ल्याइएका छन्। पोखरा ल्याइएका ती डुंगाको बुधबार फेवातालमा परीक्षण संचालन पनि गरिएको थियो। आगामि असार ८ र ९ गते पोखरामा यो फेस्टिभल आयोजना हुँदैछ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको हाे।