७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतबाट बिजुली आयात करिव ५० प्रतिशत घट्ने

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट आयात गरिने बिजुलीमा ५० प्रतिशत कमी  आउने भएको छ। पछिल्लो समय स्वदेशमा उत्पादन भएको बिजुलीले आन्तरिक माग धान्न सक्ने भएसँगै प्राधिकरणले भारतीय बजारबाट बिजुलीको आयात क्रमशः घटाउँदै आइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतबाट करिव १२ अर्ब रुपैयाँभन्दा धेरै रकमको बिजुली आयात गर्न नपर्ने बताउँछन्। ‘अहिले पिकआवरमा बाहेक अन्य समयमा भारतबाट बिजुली आयात गरिदैंन।त्यसैले वर्षात्को समय सुरु भएसँगै बिजुली छेलोफेलो पुग्ने गर्छ। त्यसैले बिजुली आयात घट्दैं आइरहेको छ,’ उनले भने, ‘विद्युत्को माग घटेसँगै बिजुली आयात घटाउँदै आइरहेका छौं। ’ नेपाल विद्युत् प्राधिकरणले भारतको विभिन्न ११ वटा  प्रसारणलाइनबाट बिजुली आयात गर्दै आइरहेको छ।  

प्राधिकरणले गत आर्थिक वर्षमा भारत र निजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धकबाट ३८ अर्ब रुपैयाँको बिजुली खरिद गरेको थियो। ३८ अर्ब  ९६ करोड रुपैयाँ मध्ये करिव २२ अर्ब भारतबाट र अन्य निजी क्षेत्रका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीबाट खरिद गरेको थियो। प्राधिकरणले चालु आर्थिक वर्षको अन्त्यसम्म ३९ अर्ब १९ करोड रुपैयाँ बराबरको बिजुली खरिद गर्ने प्रक्षेपण गरेको छ। प्रवन्ध निर्देशक घिसिङले अहिले १२ अर्ब भारतीय बजारबाहेक अन्य स्वदेशी  जलविद्युत् प्रवद्र्धक कम्पनीबाट खरिद हुने बताए। प्राधिकरणकाले पिक आवरमा भारतबाट करिव एक सय मेगावाट बिजुली आयात गर्दै आइरहेको छ। प्राधिकरणका अनुसार रातको समयमा बिजुली खेरा गइरहेको छ।  

प्रवन्ध निर्देशक कुलमान घिसिङले विजुली आयात क्रमशः घट्दै आइरहेको बताए। ‘हामी बिजुलीमा विस्तारै आत्मनिर्भर तर्फ जार्दै छौं,त्यसैले विजुली आयात घट्दैं आइरहेको छ, ’ प्रवन्ध निर्देशक घिसिङले भने, विद्युत्को माग घटेसँगै भारतबाट आयात हुने विद्युत्को परिणाम पनि घटेको छ।’ कोरोना भाइरसको संक्रमणको कारणले उद्योग कलकारखाना ठप्पजस्तै रहेको बिजुलीको डिमान्ड क्रमशः घट्दै आइरहेको छ। यस अघि प्राधिकरणले भारतीय ११ वटा अन्तरदेशीय प्रसारणलाइनबाट चार सय ५० मेगावाट सम्म बिजुली आयात गथ्र्याे।

प्राधिकरणका अनुसार लकडाउन नहुँदासम्म दैनिक पिक आवरमा एक हजार दुई सय मेगावाटको माग हुने गथ्र्याे।तर,अहिले मंगलबार बिजुलीको माग घटेर ९ सय देखि एक हजार मेगावाटमा सीमित भएको प्राधिकरणले जनायो।  अहिले दैनिक २० हजार मेगावाट आवर बिजुली माग भइरहेको छ।

सरकारले गत आर्थिक वर्षको तुलनामा विद्युत् उत्पादन ८.३ प्रतिशतले बढेको जनाएको छ। हाल कुल जडित क्षमता १३ सय ५५ मेगावाट पुगेको छ। नेपाल विद्युत् प्राधिकरण मातहत ६ सय ३५ मेगावाट र निजी क्षेत्रबाट ६ सय ६१ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ।

चालु आवको आठ महिनामा प्राधिकरण र निजी क्षेत्रबाट एक सय ९२.९ मेगावाट बिजुली उत्पादन भएको छ। चालु आर्थिक वर्षमा भारतबाट बिजुली आयात स्वात्तै घटेको छ। गत आर्थिक वर्षमा २८ सय १३ गिगावाट आवर बिजुली आयात भएकोमा चालु आवको फागुनसम्म १४ सय ६८ गिगावाट आवर आयात भएको आर्थिक शर्वेक्षणमा उल्लेख छ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०६:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App