नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता
नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइन परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ।
लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालो सूचीमा राखिएको छ।
जग्गा छनोटमै दबाब सिर्जना हुँदा नेपाल विद्युत् प्राधिकरण कालिकोटको भवन निर्माण अलपत्र परेको छ।
दुई ठूला जलविद्युत् आयोजना निर्माणका लागि लगानी जुटाउने तयारीमा सरकार लागेको छ।
नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच भएको विद्युत् खरिद बिक्री सम्झौता दररेटमा कुरा नमिलेका कारण हुन सकेन।
सुक्खायाम भएसँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको उत्पादन ह्वात्तै घटेसँगै नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् व्यवस्थापनमा चुनौती थपिएको छ।
नेपालले बंगलादेशलाई निर्यात गर्ने भनिएको ४० मेगावाट बिजुलीको महसुल निर्धारणका लागि दुवै पक्षबीच आजबंगलादेशमा वार्ता हुँदै छ।
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।
शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३/११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो।
धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण भएको छ।
सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने सरोकारवालाले बताएका छन् ।आज बिहीबार स्वतन्त्र ऊर्जा उत्पादाकहरुको संस्था, इप्पानको २४ औ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा सरोकारवालाले उक्त लक्ष्य सम्भव भएको बताएका हुन्।
सार्वजनिक संस्थानमध्ये पछिल्ला दिनमा आर्थिक रूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रूपैयाँ बराबरको साधारण सेयर (आइपिओ) बिक्री गर्ने भएको छ।