अमेरिकाको तामाङ सम्मेलन न्युयोर्कमा हुँदै
अमेरिकाको तामाङ सम्मेलन न्युयोर्क हुने भएको छ। सन् २०१७ को सेप्टेम्बर २, ३ र ४ मा उक्त सम्मेलन हुन लागेको हो।
अमेरिकाको तामाङ सम्मेलन न्युयोर्क हुने भएको छ। सन् २०१७ को सेप्टेम्बर २, ३ र ४ मा उक्त सम्मेलन हुन लागेको हो।
नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिमा जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ मनोनित भएका छन्।
जापानबाट नेपाल लगायतका विभिन्न मुलुकमा रेमिट्यान्स् कारोवार गरिरहेको जापान मनि एक्सप्रेस 'जेएमई'ले सञ्जाल बिस्तार क्रममा जापानको फुकुओकामा अर्को शाखाको खोलेको छ।
आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन्।
नेपाल पत्रकार महासंघ जापान शाखा अध्यक्षमा मोहन घले निर्वाचित भएका छन्। सोमबार जापानको राजधानी टोकियोमा सम्पन्न तेस्रो अधिवेशनले उनलाई निर्वाचित गरेको हो।
नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।
प्रवासको नेपाली पत्रकारितालाई प्रभावकारी बनाउन युएईमा अन्तर्किया सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस तथा नयाँ वर्ष २०७४ सालको अवसरमा नेपाल पत्रकार महासंघ युएई शाखाले शुक्रबार दुबईमा शुभकामना आदान प्रधान तथा अन्तर्किया कार्यक्रम गरेको हो।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) नेदरल्याण्डले गोरखाको मान्बु –६ स्थित श्री सिद्धार्थ बनस्थली निम्न माध्यामिक विद्यालय पुनः निर्माण गर्ने भएको छ ।
न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टले न्युयोर्क बस्दै आएका दुई नेपाललीलाई कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेको छ ।
पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ ।
गैरआवासिय नेपाली संघ अमेरिकाको विपक्षमा दायर एक मुद्दा अमेरिकास्थिति टेनेसी अदालतको आदेशपछि अब निर्वाचनका लागि बाटो खुलेको छ। नगेन्द्र पौडेललगायतद्वारा मार्च १९ मा दायर मुद्दामा वर्तमान कार्य समिति विघटन, नयाँ तदर्थ समिति गठन र अदालतद्वारा गठित समितिद्वारा निर्वाचन गराउन गरिएको थियो। सो मुद्दा टेनेसी अदालतले मंगलबार खारेज गरेको संघका अध्यक्ष डा.केशव पौडेलले बताए।
नेपालको आर्थिक सम्वृद्धिका लागि पर्यटन व्यवसाय प्रभावकारी माध्यम भएको निष्कर्ष सम्बन्धित क्षेत्रका विज्ञहरुले निकालेका छन्।
पप गायक आर्शीवाद सुवेदी पछिल्लो एक गीतमा क्यानेडाली बेली डान्सरहरुद्वारा अभिनय गरेपछि चर्चाको शखिरमा पुगेको छ। साथी नामको सो आर एण्ड वी पप गीतमा आर्शीवादले नयाँ प्रयोग गरेका हुन्।
प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति युएईको सभापतिमा खेमराज बस्नेत निर्वाचित भएका छन्। शुक्रबार दुबईमा सम्पन्न तेस्रो अधिवेशनले बस्नेतको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो।
बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको मागलाई सम्बोधन गर्न बेलायत सरकारले एक प्राविधिक समितिको प्रस्ताव गरेको छ । लामो समयदेखि रहँदै आएको भूतपूर्वगोर्खाहरुको गुनासो सुन्न बुधवार नेपाली तथा बेलायती सरकारबीच भएको छलफलको निचोड पछि सो समितिको गठन हुने भएको हो ।
फ्रान्सको राजधानी पेरिससँगै जोडिएको ओभरभेले कृत्रिम खोलामा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। काठमाण्डौं गोठाटार घर भएका सन्तोष दाहाल गत सेप्टेम्बर १७, २०१५ मा अध्ययनको लागि डेनमार्कको राजधानी कोपनहेगनको नेल्सबर्ग कलेजमा आएका थिए।
अमेरिका निवासी नेपाली मूलका १४ वर्षीय किशोर विशेष अधिकारी उमेर समूहको अमेरिकन फुटबल टोलीमा परेका छन्। उनले स्पेनको बार्सिलोनामा हुने फुटबल प्रतियोगितामा अमेरिकी टोलीबाट खेल्दैछन्।
अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।
सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कार्यसमिति र त्यस अन्तरगतको न्यायिक समितिबीचको विवादले चर्को रुप लिएको छ। कार्यसमितिले सदस्यता मिति थपेको समयमा बनेका तीनहजार सदस्यलाई मताधिकार नहुने निर्देशन न्यायिक समितिले दुई दिन अघि जारी गरेपछि विवाद चर्किएको हो।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले ब्रिटिश लगानीकर्ताहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।
आउँदो साता मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआउने भएका छन्।
अमेरिकामा रहेर नेपालको राजनीतिक संगठनको भातृसंस्थाको रुपमा सक्रिय जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिका क्षेत्रीय भेला र अधिवेसनकोे तयारीमा जुटेका छन्।