coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

नवनिर्वाचित अध्यक्ष प्रभु थापा।

बाल्टिमोर– प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।

थापा निवर्तमान कार्यसमितिमा महासचिव थिए। राना प्रवासी मञ्च अमेरिकाका संस्थापक हुन्। मञ्च नेकपा एमालेको प्रवासीहरुको संस्था हो। अधिवेशन उद्‌घाटन शनिनबार एमाले केन्द्रीय सचिव पृथ्बी सुब्बा गुरूंगले गरेका थिए।

संघका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफूलार्इ दोहोर्याउन नचाहेको र वरिष्ठ उपाध्यक्ष बाला घिमिरेले प्रत्यक्ष रूपमा पार्टीगत राजनीति नगर्ने सोचका साथ पछि हटेपछि थापा र रानाबीच नेतृत्वका लागि चुनाव भएको थियो।

मञ्चको वरिष्ठ उपाध्यक्षमा न्यूयोर्कका टेक गुरुङलाइ निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी केन्टकी प्रितीसागर खत्रीलाई पराजित गरेका थिए। गुरुङले ७७ मत प्राप्त गरेका थिए भने खत्रीले ६४ मत प्राप्त गरेका छन्।

महासचिवमा ७६ मत प्राप्त गरेर न्यूयोर्कका राधाकृष्ण देउजा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी टेक्ससका शंकर पन्तले ६३ मत प्राप्त गरेका छन्।

क्षेत्रीय उपाध्यक्षमा टेक्ससकी यमुना भट्टराई निर्वाचित भएकी छिन्। उनले कमल ओझा र सुशील क्षेत्रीलाई पराजित गरिन्।

उपमहासचिवमा कृष्णराज लामिछाने ९४  मत ल्याएर विजयी भए। उनले आफ्ना निकतम प्रतिस्पर्धी देवीप्रसाद पाण्डेलार्इ पराजीत गरेका हुन्। पाण्डेले ४५ मत ल्याएका थिए।

हेमन्त भेटुवाल आफ्ना प्रतिस्पर्धी तीर्थ विश्वकर्मालार्इ किनारा लगाउँदै मञ्चको कोषाध्यक्षमा निर्वाचित भए। भेटुवालले ८४ मत ल्याएका थिए भने विश्वकर्माले ५६ मत मात्र ल्याए।

अघोषितरूपमा प्यानल नै बनाएर भएको चुनावमा मिश्रित परिणाम आएको छ। अध्यक्षमा प्रभु थापा विजयी भए पनि वरिष्ठ उपाध्यक्षमा राना प्यानलका टेक गुरूङ विजयी भए। महासचिव लगायत अन्य अधिकांश पदाधिकारीमा पनि थापा समूहकै बिजयी भएका छन्। 

सहमतिमा नयाँ नेतृत्व चयन गर्नका लागि नेपालबाट आएका एमाले नेताहरू र अमेरिकामा रहेका अगुवाहरूले प्रयत्न गरे पनि सम्भव भएन। एमालेको केन्द्रमा रहेको गुटगत राजनीतिको छायाँ परेका कारण सहमति हुन सकेन। संघका निवर्तमान अध्यक्ष सञ्जय थापाले आफूलार्इ दोहोर्याउन नचाहेको र वरिष्ठ उपाध्यक्ष बाला घिमिरेले प्रत्यक्ष रूपमा पार्टीगत राजनीति नगर्ने सोचका साथ पछि हटेपछि थापा र रानाबीच नेतृत्वका लागि चुनाव भएको थियो।

शनिबारको उद्घाटन समारोहमा एमाले नेताहरू युवराज कार्की र खगराज अधिकारी पनि अतिथिका रूपमा सहभागी भएका थिए। कार्की अमेरिका विभाग प्रमुख हुन्।

प्रकाशित: २१ चैत्र २०७३ ०५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App