८ वैशाख २०८१ शनिबार
रामचन्द्र भट्ट
<a href="mailto:bhattarc@gmail.com">bhattarc@gmail.com</a>

रामचन्द्र भट्टका लेखहरु :

अमेरिकामा भण्डारीको उदयको अर्थ

अमेरिकाको मेरिल्याल्ड राज्यको तल्लो सदन (हाउस अफ डेलिगेट्स) मा नेपाली मूलका एचबी भण्डारी निर्वाचित भएपछि नेपालमा दुई खालको प्रतिक्रिया देखियो । नेपाली सञ्चार माध्यमहरूमा यो सन्दर्भले पाएको कभरेज हेर्दा लाग्छ– ठूलो संख्यामा नेपालीहरू खुसी भएका छन्।

अमेरिकामा खर्बपतिको सातो टिप्दै बर्नी स्यान्डर्स

अमेरिकाका चर्चित सिनेटर बर्नी स्यान्डर्सले अहिले एउटा मुद्दा उठाइरहेका छन्।

ब्याजकै लागि भए पनि लगानीयोग्य हुँदै नेपाल

केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए। ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाइ थियो।

अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी

नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।

एनआरएन अमेरिकामा तीन हजार सदस्यको मताधिकार विवाद चर्कियो

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कार्यसमिति र त्यस अन्तरगतको न्यायिक समितिबीचको विवादले चर्को रुप लिएको छ। कार्यसमितिले सदस्यता मिति थपेको समयमा बनेका तीनहजार सदस्यलाई मताधिकार नहुने निर्देशन न्यायिक समितिले दुई दिन अघि जारी गरेपछि विवाद चर्किएको हो।

ओलीको अमेरिका भ्रमण स्थगित

आउँदो साता मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआउने भएका छन्।

टेक्ससको ब्लड डोनर्समा नयाँ नेतृत्व

अमेरिकामा स्थापना भएको ब्लड डोनर्स एसोसिएसन (बिडिए) को टेक्सस च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ। सन् २०१३ मा टेक्ससमा बिडिएको च्याप्टर गठन भएको हो। शनिबार भएको साधारण सभाले शिवप्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। बिडिए अमेरिकामा रहेका नेपाली रक्तदाताहरूको संस्था हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्