एनआरएन अमेरिका शाखा विश्वकै सबैभन्दा ठूलो
आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । यसअनुसार अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठुलो शाखा बनेको छ ।
आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । यसअनुसार अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठुलो शाखा बनेको छ ।
नयाँ शक्ति पार्टी नेपालको बेलायतस्थित भातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाजको अध्यक्षमा धन गुरुङ निर्वाचित भएका छन्।
पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बर्दिबासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि मार्च १९ मा बोस्टनमा भएको ुधुर्मुस (सुन्तली अभियान सहयोग कार्यक्रमु बाट १३ लाख नेपाली रुपैयाँ सङ्कलन भएको छ।
वेलायतमा रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको प्रवास सङ्गठन गठन भएको छ। शनिवार रेडिङमा आयोजित भेलाले महेश हरि आचार्यको संयोजकत्वमा साझा सदभाव समूह गठन गरेको हो।
विदेशबाट पैसा पठाउँदा औपचारिक तथा कानुनी माध्यम (बैंकिङ च्यानल) प्रयोग गर्न आह्वान गर्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त ५ औं क्षेत्रीय सम्मेलन सकिएको छ।
गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन मलेसियाको राजधानी क्वालालम्पुरमा शुरु भएको छ। सम्मेलनको औपचारिक उद्घाटन परराराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले आइतबार गरेका छन्।
थाइल्याण्डमा रहेका नेपाली पेशाकर्मी, शिक्षाकर्मी, व्यवासायीहरुले मातृभूमि नेपालमा आफूले सिकेको सीपलाई संगठित र स्वेच्छिकरुपमा हस्तान्तरण गर्ने इच्छा देखाएका छन्।
युरोपेली नागरिकहरुलाई नेपालको भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले “भिजिट नेपाल युरोप २०१७” का लण्डनमा औपचारिक शुरुआत गरिएको छ।
ब्रिटेनको शाही परिवारका नातेदार प्रिन्स रिचार्ड्स, ड्युक अफ ग्लस्टर तथा नेपाली कांग्रेसकी नेतृ डा.आरजु देउवाले संयुक्त रुपमा मंगलबार नेपाल तथा बेलायतबीच कूटनीतिक संबन्ध कायम भएको २०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावास लण्डनले मनाउन लागेको सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गरेका छन्।
नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।
युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्। युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।
युएईको दुबईस्थित अन्तरार्ष्ट्रिय विमानस्थले लगेजसम्बन्धी नियम परिवर्तन गर्ने भएको छ। नयाँ नियमअनुसार युएईमा कार्यरत कामदारहरुले घर फर्किंदा विमानस्थलबाट डोरीले बाँधिएका झोला, गुन्टा र कार्टुन लैजान पाउने छैनन्।
गैरआवासीय नेपाली संघ अष्ट्रियाले साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा नेपालका लागि अष्ट्रियाका राजदूत प्रकाशकुमार सुवेदी, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, एनआरएनए आइसीसी सदस्य रविचन्द्र भट्टराई लगायतको उपस्थिति थियो।
अमेरिकामा स्थापना भएको ब्लड डोनर्स एसोसिएसन (बिडिए) को टेक्सस च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ। सन् २०१३ मा टेक्ससमा बिडिएको च्याप्टर गठन भएको हो। शनिबार भएको साधारण सभाले शिवप्रसाद काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ। बिडिए अमेरिकामा रहेका नेपाली रक्तदाताहरूको संस्था हो।
दूतावास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनस्थित नेपाली संघ संस्थाहरुले एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले विगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।
१०७ औं अन्तरार्ष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ महिला फोरमले हाम्रा नारी कहाँ छन् विषयक एक गोष्ठी सम्पन्न गरेको छ। कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्रालयका उपसचिव द्रोपदा सापकोटाले वैदेशिक रोजगारीका लागि नेपाली गएका मुलुकमा नेपलीलाई कानुनी सहायता प्रदान गर्न कानुनी सल्लाहकार वा स्थानिय स्वयंसेवक वकिलको परिचालन गरिन लागेकी जानककारी दिइन्।
स्थानीय निर्वाचन अवलोकन अनुगमनका लागि अमेरिकाको म्यारिल्याण्ड राज्यको चाल्र्स काउन्टी अन्तर्गतको इन्डियन हेड नगरका नगरप्रमुख, उपप्रमुख र काउन्सिल म्यान नेपाल जाने तयारीमा छन्।
नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति बेलायतको एकता अधिवेशन अगामि जुलाई महिनामा हुने भएको छ।
उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपाल लगानीका लागि उपयुक्त वातावरण रहेको भन्दै जापानी लगानीकर्तालाई नेपाल लगानी लैजान आग्रह गरेका छन्। नेपाली दूतावास जापानले आयोजना गरेको नेपाल इन्भेष्टमेन्ट सेमिनारमा बोल्दै मन्त्री जोशीले यस्तो आग्रह गरेका हुन्।
नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको अध्यक्षमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन्। २०५० सालमा नेविसंघ चितवनको सचिवको जिम्मेवारी सम्हालेकी उनी पछि तरण दल चितवनको उपाध्यक्ष भएकी थिइन्।
नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ। उक्त साधारण सभालाई तयारीका लागि उपसभापति केशव बरालको संयोजकत्वमा साधारणसभा मुल तयारी समिति गठन गरिएको छ।
नेपाली फिल्म ‘लुट २’ को लन्डन ‘प्रिमियरका लागि नायकहरु दयाहाङ राई र सौगात मल्ल लन्डन आइपुगेका छन्। बिहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै उनीहरु पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले ‘लुट २’ ले दर्शकहरुको मन जित्ने बताए।
संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।