आजको कार्टुनमा कमजोर अवस्थामा रहेको प्रजातन्त्र को–कोबाट खतरा छ भनेर देखाउन खोजिएको छ। देशमा चौतर्फी रूपमा देखा परेका विकृतिहरूको जोखिममा प्रजातन्त्र जसोतसो चलिरहेको छ।
इलाम र बझाङमा भएको उपनिर्वाचनपछि नेकपा एमाले उत्साहित भएको छ। ‘मिसन २०८४’ को नारा लिएर ‘मिसन ग्रास रुट अभियान’ र ‘मध्यपहाडी पदयात्रा’ गरेको एमालेलाई उपनिर्वाचनमा हासिल उपलब्धिले उत्साहित बनाएको हो।