राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बुधबार (आज) बस्दैछ। बैठक अपरान्ह ४ बजे पार्टीको केन्द्रीय कार्यालयमा हुने तय भएको छ।
बैठकमा विभिन्न महत्त्वपूर्ण विषयहरूमा छलफल हुने एजेन्डा तय गरिएको छ। जसअनुसार अघिल्लो बैठकको समीक्षा, पार्टीका हालसम्मका गतिविधि तथा समसामयिक राजनीतिक घटनाक्रममाथि चर्चा हुनेछ।
त्यस्तै, पार्टीको अधिवेशनसम्बन्धी तयारी, जनयात्रा कार्यक्रम र प्रदेश हेर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारीबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।
प्रकाशित: २७ चैत्र २०८१ ०९:०३ बुधबार





