११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सार्वजनिक नीति समितिको बैठक : वार्षिक कार्यतालिकाको समीक्षा

बुधबार (आज) सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा आयोजना हुने तय भएको छ। 

बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ। जसअनुसार समितिको वार्षिक कार्यतालिकाको समीक्षा गरिनेछ भने समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे पनि विस्तृत छलफल हुने जनाइएको छ। 

साथै, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका सम्बन्धमा पनि बैठकमा कुराकानी हुनेछ।

प्रकाशित: २७ चैत्र २०८१ ०८:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App