अछामको जयगढ बजारमा आगलागी भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको वडा नं. ३ मा पर्ने जयगढ बजारमा मङ्गलबार (आज) साँझदेखि आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीका अनुसार अहिलेसम्म आगो नियन्त्रणमा लिन सकिएको छैन।
उनका अनुसार आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। तर, दमकल अभावमा समस्या भइरहेको उनले बताइन्।
अहिलेसम्म सातभन्दा बढी पसल जलेका छन्।
प्रकाशित: २६ चैत्र २०८१ २१:३८ मंगलबार





